8 years ago
March 16, 2018
म्याड्रिड (एजेन्सी)– सिजनको सुरुवातमा नेयमार पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेको केहि समयपछि नै उनले क्लब छोड्न चाहेको चर्चा सुरु भएको थियो । उनका पिताले फ्रान्सेली क्लब छाडेर नेयमार स्पेनिस क्लब रियल म्याड्रिड जाने यसअघि नै वाचा गरिसकेको खबर सार्वजनिक भएको छ ।
उनले पिएसजीबाट नेयमारलाई रियल पुर्याउन सम्भव सबै खाले प्रयास गर्ने वचन दिएको बताइएको छ । ब्राजिलियन २६ वर्षे स्टार भविष्यमा रियल जाने वा पुनः बार्सिलोना फर्कन सक्ने अनुमान गरिदै आएको छ । पछिल्ला हल्लापछि फ्रान्सेली क्लबका मालिक नेयमारसँग भविष्यका विषयमा छलफल गर्न ब्राजिल पुगेको खबर पनि आएको छ ।
नेयमारका पिताले छोरालाई अर्को सिजन स्पोनिस क्लब पुर्याउन आफुले सक्दो सहयोग गर्ने वचन दिएको बताइएको छ । २ सय २२ मिलयन युरोमा पिएसजी पुगेका नेयमारलाई क्लबले भने छोड्न चाहेको छैन । उनी क्लबमा रहँदा टोलीले भविष्यमा च्याम्पियन्स लिग जित्ने अपेक्षा गरेको छ ।
चोटग्रस्त नेयमार अहिले स्वदेशमा उपचार गराइरहेका छन् । यो सिजन सबै खाले प्रतियोगितामा २९ गोल गरिसकेका नेयमारले १९ एसिस्ट गरेका छन् । रियलले नेयमार किन्न परेमा ३ सय मिलियन सम्म खर्च गर्नुपर्ने अनुमान गरिएको छ ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]