8 years ago
March 16, 2018
काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन्स लिगको क्वाटर फाइनलको ‘ड्र’ सार्वजनिक भएसँगै युरोपियन फुटबलका दुई महारथी युभेन्टस र रियल म्याड्रिड पुन: एक पटक च्याम्पियन्स लिगमा भिडिने पक्का भएको छ ।
यसअघि च्याम्पियन्स लिगमा युभेन्टस र रियल म्याड्रिड २० पटक भिडिसकेका छन् । अघिल्लो सिजन मात्र रियलले युभेन्टसलाई कार्डिफमा सम्पन्न फाइनलमा ४-१ ले पराजित गर्दै १२ औं पटक च्याम्पियन्स लिगको उपाधि जितेको थियो ।
अहिलेसम्म युरोपियन कप र च्याम्पियन्स लिगमा गरेर रियलले युभेन्टसलाई ९ पटक पराजित गरेको छ भने २ खेलमा बरबारी छ । त्यस्तै युभेन्टसको नाममा ८ जित छन् ।
सन् १९६१/६२ मा च्याम्पियन्स लिगलाई युरोपियन च्याम्पियन्स क्लब कप भनिदा यी दुई टोली बीच पहिलो पटक भेट भएको थियो । पहिलो लेगमा रियलको घरेलु मैदानमा युभेन्टसले १-० ले जितेको थियो भने दोस्रो लेगमा रियलले युभेन्टसको घरेलु मैदानमा १-० ले जित्दै बदला लिएपछि पेरिसमा भएको रिप्लेमा रियल ३-१ ले विजयी भएको थियो ।
रियल र युभेन्टसबीच च्याम्पियन्स लिगमा अहिलेसम्मको नतिजा
१९६१/६२ – क्वाटर फाइनल: रियल ०-१ युभेन्टस
१९६१/६२ – क्वाटर फाइनल: युभेन्टस ०-१ रियल
१९६१/६२ – क्वाटर फाइनल: रियल ३-१ युभेन्टस (पेरिसमा सम्पन्न रिप्ले)
१९८६/८७ – राउण्ड अफ १६: रियल १-० युभेन्टस
१९८६/८७ – राउण्ड अफ १६: युभेन्टस १-० रियल (रियलले पेनाल्टीमा ३-१ ले विजयी)
१९९५/९६ – क्वाटर फाइनल: रियल १-० युभेन्टस
१९९५/९६ – क्वाटर फाइनल: युभेन्टस २-० रियल
१९९७/९८ – फाइनल: रियल १-० युभेन्टस
२००२/०३ – सेमिफाइनल: रियल २-१ युभेन्टस
२००२/०३ – सेमिफाइनल: युभेन्टस ३-१ रियल
२००४/०५ – राउण्ड अफ १६: रियल १-० युभेन्टस
२००४/०५ – राउण्ड अफ १६: युभेन्टस २-० युभेन्टस (नियमित समय १-० भएपछि युभेन्टसले अतिरिक्त समयमा २-० बनाएको)
२००८/०९ – समूह चरण: युभेन्टस २-१ रियल
२००८/०९ – समूह चरण: रियल ०-२ युभेन्टस
२०१३/१४ – समूह चरण: रियल २-१ युभेन्टस
२०१३/१४ – समूह चरण: युभेन्टस २-२ रियल
२०१४/१५ – सेमी फाइनल: युभेन्टस २-१ रियल
२०१४/१५ – सेमी फाइनल: रियल १-१ युभेन्टस
२०१५/१६ – फाइनल: युभेन्टस १-४ रियल
‘ड्र’ अनुसार क्वाटरफाइनल समिकरण यस प्रकारको रहेको छ:
बार्सिलोना विरुद्ध एएस रोमा
सेभिया विरुद्ध बायर्न म्युनिख
युभेन्टस विरुद्ध रियल म्याड्रिड
म्यानचेस्टर सिटी विरुद्ध लिभरपुल
(एजेन्सीको सहयोगमा)
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]