default_image

8 years ago

March 18, 2018

युनाइटेड र टोटनह्याम एफए कपको सेमिफाइनलमा

145 views

0 Bookmark

म्यानचेस्टर (एजेन्सी) – गए राति इंग्लिस एफए कपमा म्यानचेस्टर युनाइटेडले ब्राइटनलाई २-० ले पराजित गर्दै प्रतियोगिताको अन्तिम ४ मा प्रवेश गरेको छ । त्यस्तै टोटनह्याम पनि सेमिफाइनलमा स्थान ओगट्न सफल रह्यो ।

म्यानचेस्टर युनाइटेडका लागि खेलको ३७ औं मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै टोलीलाई अग्रता दिलाए । त्यस्तै दोस्रो हाफको ८३ औं मिनेटमा निमान्या माटिचले गोल गर्दै युनाइटेडको अन्तिम ४ मा स्थान सुरक्षित पारेका थिए ।

त्यसैगरी अर्को बलियो टोली टोटनह्याम हटस्पर स्वान्सीलाई ३-० ले हराउदै सेमिफाइनलमा प्रवेश गर्न सफल भयो । टोटनह्यामका लागि क्रिस्टियन एरिक्सनले दुई गोल गरे भने अर्का मिडफिल्डर एरिक लामेलाले एक गोल गरेका थिए ।

आज अन्य क्वाटरफाइनल खेल खेलिने छ । नेपाली समयअनुसार ७.१५ बजे विगान एथ्लेटिक र साउथह्याम्प्टन भिड्दै छन् भने १०.१५ बजे लेस्टर सिटी र चेल्सी एकअर्काको सामना गर्ने छन् ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.