8 years ago
March 18, 2018
लण्डन (एजेन्सी) – वाटफर्डका २० वर्षीय ब्राजिलियन मिडफिल्डर रिचार्लिसनले रुस विश्व कप ब्राजिलले जित्ने विश्वास गरेका छन् । फोरफोरटूसँगको अन्तर्वार्तामा बोल्दै उनले ब्राजिलले विश्वकप जित्ने र ब्राजिलको विश्व कपको मिडफिल्डमा आफु पनि रहन चाहेको बताएका छन् ।
ब्राजिलको यू-२० टोलीबाट प्रवाभशाली प्रदर्शन गरेका यी विंगर २०१७ यता ब्राजिलियन क्लब फ्लुमिनेन्सबाट इङ्लिस क्लब वाटफार्डसँग आबद्ध छन् । प्रिमियर लिगमा २७ खेलमा ५ गोल गर्दै उनले राम्रो प्रदर्शन गर्दै आएका छन् ।
उनले भने, “सबै खेलाडीको सपना विश्व कपमा आफ्नो राष्ट्रको प्रतिनिधित्व गर्ने हुन्छ, मेरो पनि चाहाना त्यही छ । मलाई लाग्छ ब्राजिलले यस पटकको विश्व कप जित्छ र म त्यो टोलीको मिडफिल्डको भाग हुन चाहन्छु । “
प्रिमियर लिगमा राम्रो सुरुआत गरेपछि उनले ब्राजिलले इङ्ल्यान्डसँग खेल्दा टोलीमा बोलाइने अपेक्षा गरेका थिए, तर राष्ट्र टोलीमा नअटाएका रिचार्लिसन प्रशिक्षक टिटेको विश्वकप टोलीमा समावेश नहुने अनुमान गर्न सकिन्छ ।
विश्वकप अघि ब्राजिलले जर्मनीसँग अन्तिम अभ्यास खेलमा खेल्दा ब्राजिलको टोलीमा पर्न उनले सिजनको बाँकी खेलमा अभूतपूर्व प्रदर्शन गर्न जरुरी छ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]