default_image

8 years ago

March 18, 2018

“म विश्वकै उत्कृष्ट खेलाडी हुँ” – रोनाल्डो

139 views

0 Bookmark

म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडका सुपरस्टार रोनाल्डोले आफु विश्वकै उत्कृष्ट खेलाडी भएकोमा सधै विश्वस्त रहेको बताएका छन् । सँगै उनले कसैसँग आफ्नो तुलना नहुन नसक्ने पनि उल्लेख गरेका छन् । पाँच पटकका बलोन डी’ओर विजेता समेत रहेका ३३ वर्षे स्ट्राइकरलाई लामो समयदेखि विश्वका उत्कृष्ट खेलाडी मध्येका एक मानिन्छ ।

पोर्चुगलका कप्तान समेत रहेका उनको क्लब र राष्ट्रिय टोलीबाट पनि थ्रुपै कीर्तिमान छन् । युवा अवस्थाबाटै आफ्नो क्षमताका बारेमा जानकार भएको उल्लेख गर्दै रोनाल्डोले आफुमा जस्तो समपर्ण र क्षमता धेरै खेलाडीमा नहुने बताएका छन् । ‘सुरुआतबाटै म विश्वको उत्कृष्ट खेलाडी बन्ने सपना देख्थे, मेरो साथीहरु मेरो कुरा सुनेर छक्का पर्थे,’ रोनाल्डोले भने, ‘म आनन्दको लागि खेल्छु । म्यानेचस्टर युनाइटेडमा खेल्दा मैले आफ्नो क्षमताको बारेमा बुझेको हुँ ।’

आफ्नो जस्तो क्षमता र समपर्ण कमै खेलाडिमा देखेको उनले बताए । ‘क्रिस्टियानो रोनाल्डोसँग कसैको तुलाना हुन्न,’ उनले भने, ‘म आफ्नो र अरु उनीहरुकै ढंगमा चलेका छन् ।’ रोनाल्डो आफ्नो युगका उत्कृष्ट खेलाडी मध्येका एक हुन् । उनले अझै केही वर्ष पोर्चुगलका लागि खेल्ने विश्वास गरिएको छ । रोनाल्डो सम्मिलित रियलले आइतबार जिरोनाको सामना गर्नेछ ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.