default_image

8 years ago

March 18, 2018

‘बेल रियलमा खुसी छन्’- जिदान

94 views

0 Bookmark

म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडका स्टार गेराथ बेलका विषयमा चलिरहेका हल्लालाई मथ्थर पार्ने प्रयासमा प्रशिक्षक जिनेदिन जिदानले उनी क्लबमा खुसी रहेको बताएका छन् । रियल पुगेयता नै बेल पटक पटक चोटबाट गुज्रिएपछि क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले पनि उनलाई लिएर धर्यता टुटाएको बताइएको थियो ।

जिदानले पनि बेललाई पटक पटक बेन्चमा राख्दै आएका छन् । च्याम्पियन्स लिगको महत्वपूर्ण खेलमा समेत बेल पहिलो रोजाइमा पर्न असफल भएका थिए । जिदानको त्यो निर्णयबाट बेल निराश भएको बताइएको थियो ।

यद्दपी जिदानले बेल टोलीका महत्वपूर्ण खेलाडी रहेको र टोलीको सफलताका लागि उनी हरसम्भव प्रयास गर्ने खेलाडीका रुपमा चर्चा गरे । ‘बेल रियलमा दुःखी छैनन्,’ जिदानले भने, ‘सबैका आ आफ्ना धारणा हुन्छन् । तर मलाई विश्वास छ उनी रियलमा खुसी छन् । उनी टोलीका महत्वपूर्ण खेलाडी हुन् । राम्रो खेलाडीले कुनै पनि टोली र पोजिसनबाट उच्च प्रदर्शन गर्न सक्दछ । ‘

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.