default_image

8 years ago

March 19, 2018

मेस्सीसँग नेयमारको वाचा

120 views

0 Bookmark

बार्सिलोना (एजेन्सी)– नेयमारले स्पेन फर्कन पर्दा पुनः बार्सिलोना फर्कने लियोन मेस्सीलाई वाचा गरेको समाचार प्रकाशित भएको छ । पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेको केहि समयपछि नै त्यहाँ खुसी हुन नसकेका नेयमार अर्को सिजन पुनः ला लिगामा फर्कने चर्चा सुरु भएको छ ।

neymar-and-messi

उनी बार्सिलोना नभइ रियल म्याड्रिड फर्कन सक्ने उल्लेख गरिदै आएको छ । तर, नेयमारले रियल नभइ पुनः बार्सिलोनानै फर्कने वाचा गरेको उल्लेख गरिएको छ । बार्सिलोनाबाट गत वर्ष विश्व कीर्तिमान १ सय ८९ मिलियन पाउन्डमा ब्राजिलियन नेयमार पिएसजी पुगिेका थिए । २६ वर्षे स्टार नेयमार अहिले चोटमुक्त हुने प्रयासमा स्वदेशमा रहेका छन् ।

उच्च प्रदर्शनका साथ सिजनको सुरुआत गरेका नेयमारको पिएसजी च्याम्पियन्स लिगको अन्तिम १६ मा रियलसँग पराजित भएको थियो । चोटग्रस्त हुनुअघि नेयमारले पिएसजीबाट २९ गोल गरिसकेका छन् । बालोन डी ओर उपाधि जित्न पनि स्पेन फर्कनु पर्ने नेयमारले नै महसुस गरेको पनि बताइएको छ ।

रियलले सुरुवा प्रस्ताव गर्नुअघि नै बार्सिलोनाले राम्रो प्रस्ताव लान सके आफु पुनः पुरानै टोलीमा फर्कने नेयमारले मेस्सीलाई वचन दिएको समाचारमा उल्लेख गरिएको छ । नेयमारलाई पिएसजीबाट स्पेन फर्कन पुनः विश्व कीर्तिमान रकम प्रस्ताव गर्नुपर्ने हुन्छ ।

बार्सिलोनाले नेयमारमाथि चासो देखाइरहँदा रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले उनका एजेन्ट समेत रहेका पिता नेयमार सिनियरलाई भेटे समाचार सार्वजनिक भएको छ । अर्को सिजनको सुरुवातमै नेयमारको सरुवाका विषयमा छलफल भएको बताइएको छ ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.