default_image

8 years ago

March 19, 2018

घरेलु मैदानमा बार्सिलोना विजयी

103 views

0 Bookmark

बार्सिलोना (एजेन्सी) – ला लिगा अन्तर्गत घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले एथलेटिक बिल्बावोलाई २-० ले पराजित गरेको छ। बार्सिलोनाको जितमा पाको अल्कासर र लियोनल मेस्सीले गोल गरे।

messi barca

लुइस स्वारेजको स्थानमा खेलेका २४ वर्षीय स्पेनिस स्ट्राइकर अल्कासरले ८ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए। खेलमा हावी रहेको बार्सिलोनाका लागि फिलिप कौटिन्होको १४ औं मिनेटको बलियो प्रहार क्रसबारमा लागेर गोल हुन सकेन।

मेस्सीले ३१ औं मिनेटमा बक्स नजिकबाट गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर गरे । पहिलो हाफमा कौटिन्होको अर्को प्रहार पनि क्रसबारमा लागेर गोल भएन भने अर्का ब्राजिलियन पौलिन्होले ४४ औं मिनेटमा बक्स बाहिरबाट गरेको प्रहार पनि पोस्टमा लागेर फर्कियो ।

२९ खेल पछि बार्सिलोनाको शिर्ष स्थानमा ११ अंकको अग्रता छ। २३ जित र ६ बराबरीसँगै बार्सिलोनाको ७५ अंक छ। एथलेटिक बिल्बावो भने १३ औं स्थानमा  रहेको छ

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.