default_image

8 years ago

March 19, 2018

रियलको जितमा रोनाल्डोले गरे करियरको ५० औं ह्याट्रिक

174 views

0 Bookmark

म्याड्रिड (एजेन्सी) – क्रिस्टियानो रोनाल्डोले रियल म्याड्रिडको जितमा ४ गोल गरेका छन्। घरेलु मैदानमा भएको ला लिगाको खेलमा रियलले जिरोनालाई ६-३ ले पराजित गरेको हो।

ronaldo girona

रोनाल्डोले खेलको ११ औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। टोनी क्रुसको पासलाई सदुपयोग गर्दै उनले गोल गरेका थिए। क्रिस्थिएन स्तुएनीले २९ औं मिनेटमा गोल गर्दै पहिलो हाफमा बराबरी गरेका थिए।

दोस्रो हाफमा रोनाल्डोले थप तीन गोल गरे। ४७ र ६४ औं मिनेटमा गोल गर्दै उनले करियरको ५० ह्याट्रिक पुरा गरेका थिए। त्यसबीचमा लुकास भाजक्वेजले पनि रियलका लागि ५९ औं मिनेटमा गोल गरेका थिए। स्तुएनीले ६७ औं मिनेटमा भ्रमणकारी टोलीका लागि गोल गरेपनि ग्यारेथ बेलले ८६ औं मिनेटमा रियलको अग्रता थप बलियो बनाए। ८८ औं मिनेटमा जुअन्पेले जिरोनाका लागि गोल गर्दै ५-३ बनाएपनि खेलको इन्जुरी समयमा रोनाल्डोले व्यक्तिगत ४ तथा रियलको छैटौं गोल गरे।

रोनाल्डोले रियलका लागि ४४, पोर्चुगलका लागि ५ र म्यानचेस्टर युनाइटेडका लागि १ गर्दै ५० औं ह्याट्रिक पुर्याएका हुन्। उनको ला लिगामा यो ३४ औं ह्याट्रिक हो भने च्याम्पियन्स लिगमा ७, विश्व कप छनोट खेलमा ४, कोपा डेल रे’मा २ तथा प्रिमियर लिग, क्लब विश्व कपमा र युरोपियन च्याम्पियनसिपको छनोटमा समान १ ह्याट्रिक गरेका छन्।

यो जितसँगै रियल अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। पहिलो स्थानमा बार्सिलोनाको ७५ अंक छ भने दोस्रोमा एथ्लेटिको म्याड्रिडको ६४ अंक छ भने समान २९ खेल खेलेको रियलको ६० अंक छ।

हाइलाइट्स

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.