default_image

8 years ago

March 19, 2018

चेल्सी एफए कपको सेमिफाइनलमा, समिकरण पुरा

122 views

0 Bookmark

लेस्टर (एजेन्सी) – गए राति इंग्लिस एफए कपमा इंग्लिस च्याम्पियन चेल्सी प्रतियोगिताको अन्तिम ४ मा प्रवेश गर्न सफल भएको छ ।

चेल्सीका लागि पहिलो हाफमा एल्भारो मोराटाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर दोस्रो हाफको ७६ औं मिनेटमा लेस्टर सिटीका जेमि भार्डिले गोल फर्काउँदै खेल बराबरी पारेका थिए । नियमित समय १-१ को बराबरीमा सकिएपछि खेल ३० मिनेटको अतिरिक्त समयमा पुगेको थियो । सो समयको १५ औं मिनेटमा चेल्सीका पेड्रोले गोल गर्दै टोलीको जित सुनिश्चित गरेका थिए ।

त्यस्तै अर्को सेमिफाइनलमा साउथह्याम्प्टनले विगान एथ्लेटिकलाई २-० ले हराउन सफल रह्यो । साउथह्याम्प्टनका लागि पियर-एमिली होयबर्ग र सेड्रिक स्वारेसले गोल गरेका थिए । साउथह्याम्प्टन र चेल्सीले आफ्नो स्थान अन्तिम ४ मा पक्का गरेसँगै सेमिफाइनल समिकरण पनि पुरा भएको हो ।

हिजो राति नै भएको ड्र अनुसार म्यानचेस्टर युनाइटेड र टोटनह्यामले एकअर्काको सामना गर्ने छन् भने चेल्सी साउथह्याम्प्टनसँगै भिड्ने छ । यी सेमिफाइनल खेल अप्रिल २१ र २२ मा खेलिने छन् ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.