8 years ago
March 20, 2018
पेरिस (एजेन्सी)– चोटका कारण पेरिस सेन्ट जर्मेन (पिएसजी) का सुपरस्टार नेयमार मैदान बाहिर छन् । तर पनि उनी अर्को सिजन रियल म्याड्रिड जाने सम्भावनाको चर्चा भने केहि महिना यता चलिरहेको छ । उनी मैदान बाहिर हुँदा पनि चर्चा रोकिएको छैन ।
तर, पिएसजीका कप्तान थियागो सिल्भाले भने नेयमार तत्काल कुनै क्लबमा नजाने दाबी गरेका छन् । ब्राजिलियन स्टार सिजनको सुरुवातमा बार्सिलोनाबाट विश्व कीर्तिमानी रकम २ सय २२ मिलियन युरोमा पिएसजी पुगेका थिए । उनले पिएसजीमा उत्कृष्ट प्रदर्शन गर्दै आएका थिए ।
तर, नेयमार पिएसजीमा सन्तुष्ट नरहेको र पुनः स्पेन फर्कन चाहेको चर्चा चलिरहेको छ । क्रिस्टियानो रोनाल्डो रहँदैको अवस्थामा नेयमार भित्राउन रियललाई पनि सजिलो नहुने चर्चा पनि चल्दै आइरहेको छ ।
पिएसजी पनि नेयमार अन्य क्लबलाई बेच्ने पक्षमा देखिदैन । चोट मुक्त हुनका लागि नेयमार अहिले स्वदेशमा उपचार गराइरहेका छन् । नेयमारको अनुपस्थितिमा पनि पिएसजीले लिग १ मा उच्च प्रदर्शनलाई निरन्तरता दिइरहेको छ । सिल्भालाई भने नेयमार पिएसजीमै रहनेमा विश्वस्त छन् ।
“नेयमार बस्नेमा म निश्चिन्त छु,” सिल्भाले भने, “उनी अहिले चोटमुक्त हुने क्रममा ब्राजिलमा छन् । मलाई लाग्छ अर्को सिजन पनि उनी पिएसजीमै रहनेछन् ।” रियालमा उनका ब्राजिलियन सहकर्मी मार्सेलो र कासिमेरो रहेकाले रियल आउँदा उनलाई सहज हुने पनि मानिएको छ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]