default_image

6 years ago

March 20, 2018

विश्व कप नजिते सन्यास लिने मेस्सीको संकेत

बार्सिलोना (एजेन्सी)– बार्सिलोनाका सुपर स्टार लियोनल मेस्सीले अर्जेन्जिनाले रसियामा हुने विश्व कप जित्न नसकेमा आफुले सन्यास लिन सक्ने संकेत गरेका छन् । ३० वर्षे सुपर स्टार मेस्सीले क्लबबाट सबै खाले अन्तर्राष्ट्रिय उपाधि जितेपनि राष्ट्रिय टोलीका लागि भने उनले महत्वपूर्ण उपाधि दिलाउन सकेका छैनन् । सन् २०१४ को विश्व कपमा फाइनल पुगेको अर्जेन्टिना उपाधिबाट विमुख भएको […]

20 views

0 Bookmark

बार्सिलोना (एजेन्सी)– बार्सिलोनाका सुपर स्टार लियोनल मेस्सीले अर्जेन्जिनाले रसियामा हुने विश्व कप जित्न नसकेमा आफुले सन्यास लिन सक्ने संकेत गरेका छन् । ३० वर्षे सुपर स्टार मेस्सीले क्लबबाट सबै खाले अन्तर्राष्ट्रिय उपाधि जितेपनि राष्ट्रिय टोलीका लागि भने उनले महत्वपूर्ण उपाधि दिलाउन सकेका छैनन् ।

सन् २०१४ को विश्व कपमा फाइनल पुगेको अर्जेन्टिना उपाधिबाट विमुख भएको थियो । थप समय सम्म पुगेको विश्व कप फाइनलमा अर्जेन्टिना जर्मनीसँग १–० ले पराजित भएको थियो । त्यति मात्र होइन, मेस्सी सम्मिलित अर्जेन्टिना ३ पटक कोपा अमेरिकाको फाइनलमा पराजित भइसकेको छ ।

ला कोनिसासँगको अन्र्तवार्ताका क्रममा मेस्सीले भनेका छन्, ‘यदि हामीले रसिया विश्व कप जित्न सकेनौं भने हामीले राष्ट्रिय टोलीबाट अलग हुनु ठिक हुन्छ । हामी त्यस्तो सच्छौं । रसियामा उपाधि जित्ने सपना मैले देखेको छु ।’

विश्व कपको समूह डीमा अर्जेन्टिनाले आइल्यान्ड, क्रोएसिया र नाइजेरियाको सामना गर्नेछ । राष्ट्रिय टोलीबाट १ सय २३ खेल खेलेका मेस्सीले ६१ गोल गरेका छन् ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.