default_image

6 years ago

March 20, 2018

यस साता छुटाउनै नहुने ३ मैत्रीपूर्ण खेलहरु

लण्डन (एजेन्सी) – यस साता क्लब फुटबललाई विश्राम दिई खेलाडीहरु मैत्रीपूर्ण खेलहरु खेल्न आफ्नो राष्ट्रिय टोलीको जर्सीमा उत्रिने छन् । यस साता केहि ठूला राष्ट्रहरुले एक-अर्काको सामना गर्दै छन् । ती मध्ये ३ रोमाञ्चक तथा छुटाउनै नहुने खेल यी हुन्: ३. अर्जेन्टिना विरुद्ध इटाली समय: २४ मार्च, नेपाली समयअनुसार रातिको १.३० बजे इटाली यस पटक […]

35 views

0 Bookmark

लण्डन (एजेन्सी) – यस साता क्लब फुटबललाई विश्राम दिई खेलाडीहरु मैत्रीपूर्ण खेलहरु खेल्न आफ्नो राष्ट्रिय टोलीको जर्सीमा उत्रिने छन् । यस साता केहि ठूला राष्ट्रहरुले एक-अर्काको सामना गर्दै छन् । ती मध्ये ३ रोमाञ्चक तथा छुटाउनै नहुने खेल यी हुन्:

३. अर्जेन्टिना विरुद्ध इटाली
समय: २४ मार्च, नेपाली समयअनुसार रातिको १.३० बजे

इटाली यस पटक विश्वकपमा छनोट हुने असफल भयो । त्यसैले इटाली आफ्नो टोली पुननिर्माण गर्ने प्रक्रियामा रहेको छ । अर्जेन्टिनाविरुद्ध जितसँगै इटाली पुरानो घाउ बिर्सिंदै अगाडि बढ्ने दाउमा रहने छ । अर्को तर्फ, लियोनल मेस्सी सम्मिलित अर्जेन्टिनाको नजर रुस विश्वकपमा रहेको छ । छनोट चरणमा केवल सन्तोषजनक प्रदर्शनलाई अर्जेन्टिना सुधार्न चाहन्छ र फुटबलको सबैभन्दा ठुलो मञ्चमा आफूलाई दाबेदारको रुपमा उतार्न चाहन्छ ।

२. पोर्चुगल विरुद्ध इजिप्ट
समय: २४ मार्च, नेपाली समयअनुसार रातिको १.३० बजे

अहिले विश्व फुटबलमा सबैभन्दा लयमा रहेका खेलाडी हुन् इजिप्टका मोहम्मद सालाह र पोर्चुगलका क्रिस्टियानो रोनाल्डो । अघिल्लो घरेलु लिगको खेलमा यी दुवै खेलाडीहरुले ४-४ गोल गरेका थिए । युरोपियन च्याम्पियन पोर्चुगल विश्वकपमा आफूलाई बलियो रुपमा प्रस्तुत गर्ने दाउमा रहेको छ । अर्को तर्फ ठूला राष्ट्रहरुलाई निराश पार्न योग्य रहेको इजिप्टलाई केही गुमाउन छैन । दुवै टोलीले आक्रामक खेल्ने र त्यसस्वरुप खेलमा थुप्रै गोल हुने अपेक्षा गरिएको छ ।

१. जर्मनी विरुद्ध स्पेन
समय: २४ मार्च, नेपाली समयअनुसार रातिको १.३० बजे

स्पेन सन् २०१० को विश्वकप विजेता हो भने जर्मनी २०१४ को । यी दुई टोलीको भिडन्त यस साताको सबै भन्दा अपेक्षित खेल पनि हो । दुवै टोलीहरुसँग अनुभवी र युवा खेलाडीहरु प्रशस्त रुपमा छन् । विश्वकपको सुरुवाती ११ मा आफ्नो स्थान पक्का गर्न ती खेलाडीहरु यो महत्त्वपूर्ण खेलमा आफ्नो सबै कोशीश लगाउने देखिन्छ । दुवै टोलीको लागि यो खेल क्लबस्तरमा उच्च लयमा रहेका केही नयाँँ खेलाडीलाई मौका दिने अवसर पनि हुने छ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.