default_image

8 years ago

March 20, 2018

पोर्चुगल वर्ष खेलाडीमा रोनाल्डोको ह्याट्रिक

98 views

0 Bookmark

लिस्बोन (एजेन्सी) –  रियल म्याड्रिडका फरवार्ड क्रिस्टियानो रोनाल्डोले ‘२०१७ पोर्चुगल वर्ष खेलाडी’ को उपाधि जितेका छन्। ३३ वर्षे पोर्चुगेली फरवार्ड रोनाल्डोको यो लगातार तेस्रो उपाधि हो।

‘क्विनास डी ओरो’ नामक यो उपाधि तीन वर्ष अगाडी सुरु भएयता तीनै पटक रोनाल्डोले जितेका हुन् । उनले यसपटक म्यानचेस्टर सिटीका बर्नाडो सिल्भा र स्पोर्टिंङका रुई प्याट्रिसियोलाई पछि पार्दै यो उपलब्धि हात पारेका हुन्। प्याट्रिसियोले कुल मतको १८ प्रतिशत प्राप्त गरेका थिए भने सिल्भाले १७ पाउँदा रोनाल्डोले ६५ प्रतिशत मत पाएका हुन् । प्रशिक्षक, समर्थक र खेलाडीहरुको मतका आधारमा वर्ष खेलाडी चयन गरिन्छ।

पोर्चुगलको राजधानी लिस्बोनमा सम्पन्न समारोहमा यस अवार्ड पाएपछि रोनाल्डोले भने ,  “यो मेरो मात्र नभएर मेरा सारा सहकर्मीको सफलता हो । २०१७ अविस्मरणीय रह्यो । म यस उपलब्धि मेरा ४ बच्चाहरुलाई समर्पित गर्दछु। ” “तीन महिनामा तीन बच्चाहरु, यो पनि आफैंमा किर्तिमान हो, ” रोनाल्डोले ठट्टा गरे ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.