default_image

8 years ago

March 21, 2018

ट्रान्सफर चर्चा : बार्सा, रियल र पिएसजीको नजरमा सलाह

88 views

0 Bookmark

लिभरपुल (एजेन्सी) – लिभरपुलका फरवार्ड मोहम्मद सलाहलाई युरोपका तीन शक्तिशाली क्लबहरु मध्ये एकले खरिद गर्न सक्ने ‘द सन’ ले जनाएको छ । विश्व फुटबलमा यो सिजनमा सर्वाधिक गोल गर्ने होडमा रहेका सलाहलाई खरिद गर्न बार्सिलोना, रियल म्याड्रिड र पेरिस सेन्ट जर्मेन (पिएसजी) २ सय मिलियन पाउण्डको कीर्तिमानी रकम खर्च गर्न तयार हुनसक्ने सनले जनाएको छ ।

Salah

सलाह यस सिजन करियरकै उच्च लयमा छन्। उनले यो सिजन ४३ खेलमा क्लब र राष्ट्रिय टोलीमा गरेर ३७ गोल गरिसकेका छन्। रोमाबाट ३६.९ मिलियन पाउण्डमा लिभरपुल आएका सलाहलाई प्रिमियर लिगमा राख्न यर्गन क्लोपले कीर्तिमानी रकम अस्वीकार गर्नु पर्नेछ।

यहि जनवरी ट्रान्सफर विन्डोमा आफ्ना स्टार खेलाडी फिलिप कौटिन्होलाई १ सय ४५ मिलियन पाउण्डमा गुमाएको लिभरपुलले सलाहलाई पनि क्लबमा राख्न नसक्ने खतरा बढेको हो।सलाहलाई ‘इजिप्टसियन मेस्सी’को उपनामले पनि चिनिने गर्दछ । उनले अहिलेसम्म यो सिजन लिग फुटबलमा लियोनल मेस्सी भन्दा ३ गोलले अगाडि छन् ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.