default_image

8 years ago

March 21, 2018

पिएसजीसँग नेयमारले माग गरे साप्ताहिक १ मिलियन पाउन्ड

111 views

0 Bookmark

पेरिस (एजेन्सी) – पेरिस सेन्ट जर्मन (पिएसजी) तथा ब्राजिलका स्टार खेलाडी नेयमारले क्लबसँग साप्ताहिक १ मिलियन पाउन्ड तलब माग गरेका छन् । सो तलब पिएसजीले दिन सके मात्र नेयमार त्यहिं बस्ने द टाइम्स पत्रिकाले जनाएको छ ।

Neymar

नेयमार यसै सिजन बार्सिलोनाबाट २ सय २२ मिलियन युरोको कीर्तिमानी रकममा पिएसजी पुगेका हुन् । आफ्नो पहिलो सिजन नबित्दै नेयमार अर्को सिजन रियल म्याड्रिड जाने खबर व्याप्त रहेको छ ।

नेयमार आफै पनि रियलसँग जोडिन चाहेको बुझिएको छ । त्यसैले उनले पिएसजीसँग १ मिलियन (१० लाख) पाउण्डको तलब माग गरेका छन् । अहिले नेयमारले हप्तामा ६ लाख युरो बुझिरहेका छन् र उनी विश्व फ़ुटबलमै धेरै तलब बुझ्ने खेलाडीमा पर्छन् । यस्तोमा उनलाई १ मिलियन दिनु पिएसजी जस्तो आर्थिक रुपमा बलियो  क्लबलाई पनि निकै गाह्रो पर्ने छ ।

बार्सिलोनामा लियोनल मेस्सीको छायाँमा परेको महसुस गरेको भन्दै व्यक्तिगत उपाधि जित्न नेयमार यस सिजन पिएसजी आएका थिए । तर लयमै  रहेका नेयमार घाइते भएसँगै पिएसजी रियलसँग हार्दै च्याम्पियन्स लिगबाट पनि बाहिरियो ।

यस सिजन नेयमार सिधै विश्वकपमा फर्किने देखिएको छ । विश्वकपपछि भने नेयमार कुन जर्सीमा देखा पर्ने हुन् त्यो अन्योलमा छ । उनको १ मिलियनको तलब मागले त्यसमा थप अनिश्चितता थपिएको छ ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.