10 years ago
August 25, 2015
आज भएको यु-१९ को खेलमा भारतले मल्दिव्सलाई ३-० ले पराजित गरेको छ । यस जित पश्चात भारतले समुह बि को बिजेता हुँदै सेमी फाइनल प्रबेश गरेको छ । सोही ग्रुपबाट अफ्गानस्थान उपबिजेता हुँदै अर्को राउन्डमा प्रबेश गरेको छ । अब हुने सेमी फाइनलमा भारतले बाङ्लादेश र अफ्गानस्थानले नेपालको सामना गर्ने छ ।
आजको खेल मा भारतले सुरु देखिनै दबाब सृजना गरेको थियो र सो क्रम अन्त्य सम्म पनि जारी रह्यो । भारतको सामु मल्दिव्स निरिहनै देखियो । भारतको लगातार प्रायस हरु बिफल भए पनि पहिलो हाल्फ सकिन चार मिनट बाकी हुँदा मोइनुद्दिनले पहिलो गोल गरेर भरतलाई आग्रता दिलाए । भारतको लागि दोस्रो गोल लाल्रम्जुअव खिनङ्तेल ले ४७ मिनट थपे भने तेस्रो गोल अनुरुध थापाले ७१ मिनटमा गरे ।
दुबै सेमी फाइनल पर्सी हुनेछ र उक्त खेलका बिजेताहरु ले २९ अगस्तमा पहिलो यु-१९ साफ उपाधिको लागि भिडन्त गर्नेछन ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]