8 years ago
March 21, 2018
न्यूयोर्क (एजेन्सी)– बार्सिलोनाका सुपरस्टार अर्जेन्टिनी लियोन मेस्सी असाधारण खेलाडी भएपनि पेले र म्यारोडोनाको स्तरमा पुग्न अझै बाँकी रहेको चेल्सीका महान पूर्व खेलाडी डिडिएर ड्रोग्बाले बताएका छन् ।
मेस्सीलाई उनको पुस्ताको विश्वकै उत्कृष्ट खेलाडीका रुपमा हेरिदा ड्रोग्बाको यस्तो भनाई सार्वजनिक भएको छ । यद्दपी ड्रोग्बाले मेस्सीमा महान खेलाडीको सुचिमा पुग्ने क्षमता भने रहेको बताएका छन् ।
ब्राजिलियन पेले र अर्जेन्टिनी म्यारोडोना आफ्नो पुस्ताका महान खेलाडी हुन् । दुवैले आफ्नो देशका लागि विश्व कप जितेका थिए । यद्दपी मेस्सीले भने त्यो सफलता प्राप्त गरेका छैनन् । ड्रोग्बाले मेस्सीको जादु यो वर्ष रसियामा हुने विश्व कपमा देख्न सकिने विश्वास व्यक्त गरेका छन् ।
‘उनले फुटबलमा धेरै गरेका छन्,’ आइभरी कोस्टका पूर्व कप्तान ड्रोग्बाले भने,‘ यद्दपी उनी म्यारोडोना र पेले जस्तो भएका छैनन् । यद्दपी त्यो भन्दा धेरै टाढा पनि छैनन् । विश्व कप जित्न सके उनी उनीहरु भन्दा पनि महान बन्न सक्छन् । उनी त्यस्ता हुन् जो साधारण खेलाडी भन्दा फरक छन् ।
३० वर्षे मेस्सीका यो विश्व कप जित्दै महान खेलाडीको सुचिमा पर्न चाहन्छन् । सम्भवत जुनमा सुरु हुने यो विश्वकप खेलाडीका रुपमा मेस्सीको अन्तिम हुन सक्दछ । बार्सिलोनाबाट भने मेस्सी सबै खाले अन्तर्राष्ट्रिय क्लब प्रतियोगिताको उपाधि जितिसकेका छन् ।
अर्जेन्टिना लगातार तीन पटक ठूला प्रतियोगिताको फाइनल हारेको छ । सन् २०१५ र २०१६ को कोपा अमेरिकाको फाइनलमा चिलीसँग पराजित भएको अर्जेन्टिनाले २०१४ को विश्व कपको फाइनमा जर्मनीसँग हारेको थियो ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]