8 years ago
March 22, 2018
म्याड्रिड (एजेन्सी)– अर्को सिजन सुरु हुन यता नै विभिन्न फुटबल खेलाडीहरुको सरुवाको चर्चा चल्न सुरु भइसकेको छ । जसमध्ये इंग्ल्यान्ड तथा टोटनह्यामका स्ट्राइकर ह्यारी केन निकै चर्चाको विषय बनेका छन् । सिजनको शुरुवात देखि निकै चर्चामा आएका केन टोटनह्यम हटस्परका स्टाइकर हुन् ।
उनले अघिल्लो सिजनमा बार्सिलोनाका स्टार लियोनल मेस्सीलाई पछाडि पार्दै सिजनकै सबैभन्दा बढि गोल गर्ने खेलाडीको रुपमा आफ्नो स्थान बनाउन सफल भएका थिए । पुरै सिजनमा लियोनल मेस्सीले ५४ गोल गरे भने मेस्सीलाई पछि पार्दै केनले ५७ गोल गरेका थिए । मेस्सीलाई उछिनेयता केनको निकै चर्चा भएको थियो । केनले यस सिजनमा प्रिमियर लिगमा घाइले नहुँदासम्म सिजनमा धेरै गोल गर्ने खेलाडिको रुपमा आफुलाई स्थापित गरेका थिए ।
केनले सिजनको शुरुवातदेखि हालसम्म लिगमा २४ गोल गरेका छन् । तर, अहिले केनलाई उछिन्दै लिभरपुलका फरवार्ड मोहमद सालाहले २८ गोल गरिसकेका छन् । केनको यहि उत्कृष्ट प्रदर्शनलाई लिएर रियल म्याड्रिड र पिएसजीजस्ता ठुला क्लबहरु उनलाई भित्राउने होडबाजीमा छन् । युरोपियन मिडियाहरुका अनुसार केनको रुचि भने रियलमा रहेको बताइएको छ । प्रशिक्षक मौरिसियो पोचेटिनोले भने केन टोटनह्यममै रहने विश्वास व्यक्त गरे । तर, यस बारेमा केनले भने केहि तर्क दिएका छैनन् ।
बोर्नमथ विरुद्धको खेलमा खुट्टाको जोर्नीमा चोटका कारण उनलाई ३० औं मिनेटमा मैदानबाट बाहिर निकालिएको थियो । बोर्नमथका गोलकिपर अस्मिर बेगोभिचसँग भिड्दा केन घाइते हुन पुगेका थिए । टोटनह्याम र इंग्ल्यान्डका महत्त्वपूर्ण सदस्य रहेका केनले यस सिजन सबै प्रतियोगितामा युरोपमा ३५ गोल गरेका छन् ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]