8 years ago
March 22, 2018
पेरिस (एजेन्सी) – पछिल्लो विश्वकपयता नेयमारको हेयर स्टाइलले निकै चर्चा पाएको छ । उनले हरेक सिजनमा नयाँ प्रकारको हियर स्टायल अप्नाउने गर्दछन् । उनले आफ्नो हेयर स्टाइल आफ्नो लागि नभई आफ्ना प्रशंसकहरुका लागि परिवर्तन गर्ने बताए ।

यस सिजन नेयमार बार्सिलोनाबाट २ सय २२ मिलियन युरोको कीर्तिमानी रकममा पेरिस सेन्ट जर्मन (पिएसजी) पुगेका थिए । पिएसजी तथा ब्राजिलका स्टार खेलाडी नेयमार यो सिजन निकै उत्कृष्ट लयमा थिए । पछिल्लो समय चोटका कारण मैदान बाहिर रहेका नेयमारले हालै मात्र हेयर स्टाइल परिवर्तन गरेका छन् ।
उनको हालको हेयर स्टाइल पहिले भन्दा निकै फरक छ, जसलाई ‘डेड लक’ पनि भनिन्छ । उनले यस्तो प्रकारको हेयर स्टाइल पहिलो पटक बनाएको जनाएका छन् । ‘यूके च्यानल’का अनुसार उनले यस्तो प्रकारको हेयर स्टाइल प्रशंसकहरुको आग्रहमा बनाएको जानकारी दिएका छन् ।
नेयमारको जस्तै ब्राजिलमा पुरुषहरुले पनि फेसनको रुपमा आफ्नो हेयर स्टाइल उनीजस्तै परिर्वतन गर्ने बुझिएको छ । नेयमारले आफ्ना प्रशंसकहरुका लागि आगामी सिजनको सुरुवातमा पनि हेयर स्टाइल परिवर्तन गर्ने सार्वजनिक गरेका छन् ।
बार्सिलोनामा लियोनल मेस्सीको छायाँमा परेको महसुस गरेको भन्दै व्यक्तिगत उपाधि जित्न नेयमार यस सिजन पिएसजी आएका थिए । यस सिजनको सुरुवातदेखि लयमै रहेका नेयमार घाइते भएसँगै पिएसजी रियलसँग हार्दै च्याम्पियन्स लिग को अन्तिम १६ बाट पनि बाहिरियो ।
आफ्नो पहिलो सिजन नबित्दै नेयमार अर्को सिजन रियल म्याड्रिड जाने खबर व्याप्त रहेको छ । नेयमार आफैं पनि रियलसँग जोडिन चाहेको बुझिएको छ । त्यसैले उनले पिएसजीसँग १ मिलियन (१० लाख) पाउण्डको तलब माग गरेका हालै चर्चामा आएको छ । अहिले नेयमारले हप्तामा ६ लाख युरो बुझिरहेका छन् ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]