default_image

8 years ago

March 23, 2018

रियलमा रहन रोनाल्डोको एक नयाँ सर्त

90 views

0 Bookmark

म्याड्रिड (एजेन्सी)– लगातार तीन पटक पोर्चुगल वर्ष खेलाडीको अवार्ड जितेका रियल म्याड्रिडका स्टार क्रिस्टियानो रोनाल्डोले रियलमा रहन एक सर्त अगाडि राखेको जानकारी आएको छ ।

गएको सिजनमा क्लबलाई १२ औँ च्याम्पियन्स लिग उपाधि दिलाएका रोनाल्डोले क्लब छाड्न चाहेको समाचार पटक पटक मिडियामा आइराखेको छ । कर छली प्रकरणमा मुछिएपछि रुष्ट बनेका रोनाल्डोले स्पेन नफर्कने ‘मुड’ बनाएको खबरमा बताइएको थियो । रोनाल्डो आफैले भने यस विषयमा केही तर्क दिएका थिएनन् । तर, विभिन्न अन्तर्राष्ट्रिय खबरका अनुसार रोनाल्डोले क्लबमा रहन रियल म्याड्रिड सामु एक सर्त राखेका छन् ।

डेली मिररका अनुसार रोनाल्डोले क्लबसामु आफूले तिर्न बाँकी रहेको भनिएको १४.७ मिलियन युरो क्बलले तिर्न माग गरेका छन् । यता, प्रशिक्षक जिनेदिन जिदानले रोनाल्डोलाई फोन गरेर रियलमा नै रहन आग्रह गरेका बताइएको छ । त्यस्तै कप्तान सर्जियो रामोसले पनि रोनाल्डोलाई क्लबमा नै रहन सुझाव दिएका बुझिएको छ ।

उता, रियल छाड्ने चर्चा भएपछि विभिन्न क्लबहरुले रोनाल्डोलाई भित्र्याउने तयारी गरेका छन् । मिडिया रिपोर्टका अनुसार पेरिस सेन्ट जर्मेन (पिएसजी) रियलका स्टार फरवार्डलाई भित्र्याउन १ सय ४० मिलियन युरो तिर्न तयार रहेको छ । क्लबले रोनाल्डोको एजेन्ट जर्ज मेन्डेससँगको कुराकानीमा रोनाल्डोले माग गर्ने वार्षिक ३० मिलियन युरो तलब पनि तिर्न तयार रहेको बताएको छ ।

उता म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेडले पनि उनलाई भित्राउने प्रयासमा रहेको बताइएको छ । हालै रोनाल्डोले ‘२०१७ पोर्चुगल वर्ष खेलाडी’ को उपाधि जितेका छन् । ३३ वर्षे पोर्चुगेली फरवार्ड रोनाल्डोको यो लगातार तेस्रो उपाधि हो ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.