8 years ago
March 23, 2018
काठमाडौं (हाम्रो खेलकुद ) – नेपाल सन् २०१९ मा युनाइटेड अरब इमिरेट्स (युएई) मा हुने एएफसी एसियन कपको छनोट चरणबाटै बाहिरिसकेको छ । समूह चरणको एक खेल बाँकी रहँदा नेपाल छनोट चरणबाटै बाहिरिएको हो । समूह चरणमा पाँच खेलमध्ये एकमा पनि जित हात पार्न नसकेको नेपाल सुखद अन्त्यको अपेक्षासहित यमनविरुद्ध खेल्नको लागि आइतबार कतार प्रस्थान गर्दैछ ।
नेपालले आउदो मंगलबार एएफसी एसियन कप छनोट अन्तर्गतको अन्तिम खेलमा यमनसँग न्युट्रल भेन्युको रुपमा कतारमा प्रतिस्पर्धा गर्दैछ । यो खेललाई प्रतिष्ठा र अर्काे वर्ष आयोजना हुने साफ च्याम्पियनसिपको तयारीको रुपमा लिएको छ । गत जेठमा भएको होम खेलमा यमनलाई गोलरहित बराबरीमा रोकेको थियो ।
नेपाली टिमका जापनिज मुख्य प्रशिक्षक ग्योतोकु कोजीले यमनविरुद्धको खेलको लागि टिमको तयारी पर्याप्त नरहेपनि यमनविरुद्ध अंक खोस्ने लक्ष्य लिएको बताए । ‘मोफसलका विभिन्न गोल्डकपहरु र एन्फाको निर्वाचन लगायतले नेपाली टिमले पर्याप्त मात्रामा प्रशिक्षण गर्न पाएनन् । जम्मा एक हप्ताको प्रशिक्षण पाएको छ । खेलाडीहरु थकित छन् । केही खेलाडीहरु घाइते छन् ।’ शुक्रबार बिदाईपछि प्रशिक्षक कोजीले भने, ‘यस्तो अवस्थामा लगातार जितिरहेको यमनसँग खेल्न गाह्रो हुनेछ । तर, हामी यमनविरुद्ध अंक खोस्ने लक्ष्यसहित उत्रनेछौं ।’
प्रशिक्षक कोजीले घाइते भएका विक्रम लामा, कमल श्रेष्ठ, रविन श्रेष्ठ र निलम्वनमा रहेका भरत खवासको अभाव टिममा खड्कने समेत बताए । ‘उनीहरु टिमका नियमित खेल्ने खेलाडीहरु हुन् । तर, यसपटक उनीहरु टिममा रहने छैन । यसपटक टिममा केही नयाँ खेलाडीहरु छन् ।’ प्रशिक्षक कोजीले भने, ‘यमनविरुद्धको खेल गाह्रो हुनेछ । उनीहरु छनोट नजिक छन्, हामी यमनलाई रोक्ने प्रयासमा हुनेछौं ।’
नेपाली टिमका कप्तान विराज महर्जनले भ्याली बाहिरको विभिन्न गोल्डकपहरुले टिमको तयारी दुई हप्ता ढिलो भएपनि खेलाडीहरु फिट रहेको बताए ।
‘लगातारको गोल्डकपले खेलाडीहरु फिट छन् । छोटो तयारीले टिम गेम्समा केही प्रभाव होला भन्ने मात्र हो । प्रशिक्षकको निर्देशन अनुसार फुलफिल हुन पाएन ।’ कप्तान महर्जनले भने, ‘ओभरलमा राम्रो रहेको छ । हामी यमनविरुद्धको खेललाई कमजोर खेलको रुपमा नभई महत्वपूर्ण म्याचको रुपमा लिएका छौं । छनोट चरणको अन्तिम खेलमा जित हात पार्न सके यो जितले अहिले नभएपनि साफ च्याम्पियनसिपलाई मद्दत पुग्नेछ ।’ कप्तान महर्जनले रेगुलर खेलाडीहरु नहुदा टिममा केही प्रभाव पर्ने भएपनि नयाँ खेलाडीले उनीहरुको अभावलाई परिपुर्ति गर्ने सक्ने बताए ।
एएफसी एसियन कपमा नेपाल दुई अंकसहित समूह ‘एफ’ मा पुछारमा रहेको छ । दोस्रो स्थानमा रहेको यमन एसियन कपको छनोट नजिक छ । यमन नेपाललाई हराउँदै एसियन कपमा छनोट हुने लक्ष्यमा रहने छ । समूहको शीर्ष स्थानमा रहेको फिलिपिन्सको ९ अंक छ । हरेक समूहको शीर्ष दुईमा पर्ने टोलीले एसियन कपमा सहभागिता जनाउनेछन् ।
ग्वामले छनोटबाट हात झिकेसँगै एसियाली फुटबल महासंघले नेपाललाई मलेसियामा सम्पन्न एएफसी सोलिडारिटी कप जितेको हैसियतमा छनोटमा सहभागिता गराएको हो ।
नेपाली टोलीलाई शुक्रबार एन्फाका अध्यक्ष नरेन्द्रलाल श्रेष्ठ, किशोर राई, महासचिव धिरेन्द्र प्रधान, सहमहासचिव सन्जिव मिश्र लगायतले बिदाई गरे । नेपाली टोली आइतबार कतार प्रस्थान गर्नेछ ।
नेपाली टोलीः
गोलरक्षकः बिकेश कुथु, किरणकुमार लिम्बु, एलेन न्यौपाने
डिफेन्डरः बिराज महर्जन, अनन्त तामाङ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, आदित्य चौधरी, रजिन धिमाल
मिडफिल्डरः रोहित चन्द, सुमन लामा, अञ्जन विष्ट, बिशाल राई, सुनिल बल, हेमन गुरुङ, हेमन्त थापामगर, सुजल श्रेष्ठ
स्ट्राइकरः बिमल घर्तीमगर, नवयुग श्रेष्ठ, ,जर्ज प्रिन्स कार्की
मुख्य प्रशिक्षकः ग्योतोकु कोजी
प्रशिक्षकः राजुकाजी शाक्य
गोलरक्षक प्रशिक्षकः उज्वल मानन्धर
इन्टरप्रेटर: रोशन तुलाधार
फिजियोः राजु दाहाल
अफियिलः राजेन्द्र लामा, निरन्जन डंगोल, सुमन श्रेष्ठ, रमेश श्रेष्ठ, अजय बुढा थापा, मेदिनी घिमिरे, रमेश अधिकारी
मिडिया अफिसरः प्रज्वल शाक्य
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]