default_image

8 years ago

March 23, 2018

मैत्रीपूर्ण खेलमा जर्मनी र स्पेन भिड्दै

113 views

0 Bookmark

डुसेलडर्फ (एजेन्सी) – विश्वकप छनोटको तयारीमा रहेका विश्व फुटबलका दुई महारथी, जर्मनी र स्पेन जर्मनीको डुसेलडर्फमा मैत्रीपूर्ण खेलमा भेट्दै छन्। सन् १९३५ यता जर्मनीको घरेलु मैदानमा स्पेन पहिलो जित दर्ता गर्ने प्रयासमा रहनेछ।

Isco Khedira

स्पेन र जर्मनीको २०१४ पछिको यो पहिलो भेट हो। सन् २०१४ को नभेम्बरमा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा स्पेन आफ्नो घरेलु मैदानमा १-० ले पराजित भएको थियो। टोनी क्रुसले ८९ औं मिनेटमा खेलको एकमात्र गोल गर्दै घरेलु समर्थकहरुलाई स्तब्ध बनाएका थिए।

सन् २०१० मा पहिलो पटक विश्वकपको उपाधि जित्ने क्रममा स्पेनले जर्मनीलाई सेमिफाइनलमा पराजित गरेको थियो। जर्मनी भने ४ पटकको विश्वकप विजता हो।

जर्मनीका नम्बर १ गोल किपर म्यानुयल नोया चोटका कारण उपलब्ध नहुँदा बार्सिलोनाका टर स्टेगनले पोस्ट सम्हाल्ने छन्। त्यस्तै बोरुसिया डर्टमन्डका मारियो गोत्जेपनि चोटका कारण खेल्ने छैनन्।

स्पेनका प्रशिक्षक जुलेन लोपटेग्युले भने चेल्सीका ‘आउट अफ फर्म’ स्ट्राइकर अल्भारो मोरटालाई टोलीमा समावेश गरेका छैनन्। चेल्सीका पूर्व स्ट्राइकर डिएगो कोस्टाले उनको स्थान लिएका छन्।

हेड टू हेड :

अहिलेसम्म स्पेन र जर्मनीको २२ भेटमा जर्मनीले ९ खेलमा जित हात पारेको छ भने ७ मा पराजय भोगेको छ। विश्व कपमा ४ पटकको भेटमा स्पेनले १ मा मात्र जित हात पारेको छ भने १ खेल बराबरी तथा जर्मनीको नाममा २ जित छ।

खेल हुने नेपाली समय : रातको १:३० बजे

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.