default_image

8 years ago

March 24, 2018

मेस्सीसहित अर्जेन्टिनी टोलीले रियलको सुविधा प्रयोग गर्ने

110 views

0 Bookmark

म्याड्रिड (एजेन्सी)– बार्सिलोनाका स्टार लियोन मेस्सीसँग अर्जेन्टिना राष्ट्रिय टोलीले अभ्यासका लागि रियल म्याड्रिडको सुविधा प्रयोग गर्ने भएको छ । स्पेनसँग मंगलबार हुने मैत्रीपूर्ण खेलका लागि अर्जेन्टिनी टोलीले रियलको सुविधा प्रयोग गर्न लागेको हो ।

मैत्रीपूर्ण खेल भने एट्लेटिको म्याड्रिडको घरेलु मैदानमा हुनेछ । मेस्सी र उनको टोली त्यहि होटलमा बस्नेछन् जहाँ रियलसँग खेल्ने क्रममा बार्सिलोना रहने गरेको छ । दक्षिण अमेरिकी टोलीले इटालीविरुद्ध शुक्रबार भएको खेलका लागि म्यानचेस्टर सिटीको मैदानमा प्रयोग गरेको थियो । स्पेनसँगको मैत्रीपूर्ण खेलका लागि अर्जेन्टिनी फुटबल टोली शनिबार दिउँसो म्याड्रिड पुगेको छ ।

अर्जेन्टिना फुटबल संघले फुटबल टोली होटल युरो स्टार टावरमा रहने उल्लेख गरेको छ । त्यो पाँच तारे होटल रियलको पुरानो अभ्यास मैदान नजिक रहेको छ । अर्जेन्टिनाले शुक्रबारको खेलमा इभर बानेगा र म्यानुयल लान्जीनीको गोलमा इटालीलाई २–० ले हराएको थियो । समान्य ह्यामस्ट्रिङ समस्याका कारण इटालीसँग नखेलेका मेस्सी स्पेनसँगको खेलमा भने उत्रने अपेक्षा गरिरएको छ ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.