8 years ago
March 25, 2018
बुटवल (हाम्रो खेलकुद) – मोफसलको सर्वाधिक पुरस्कार राशीको मदन भण्डारी गोल्डकप फुटबल प्रतियोगितामा आइतबार नेपाल एपिएफ क्लब र रमपम झापाबीच प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो २ बजेपछि बुटवल रामनगरको मान विज्ञान माविको मैदानमा सुरु हुने आयोजकले जनाएको छ ।
आजको विजेताले मंगलबार हुने क्वार्टरफाइनलमा बुटवलको सुनौलो संगमको सामना गर्नेछ । प्रतियोगिताको पहिलो दिन शुक्रबार सुदूरपश्चिम ११ लाई हराउँदै आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी क्वार्टरफाइनलमा पुगेको थियो ।
एपिएफले यो सिजन चितवनमा विकास रनिङ शिल्डको उपाधि जितेको थियो भने झापाले यो सिजन उपाधि जित्न सकेको छैन । पछिल्लो पटक झापाले गत महिला त्रिभुवन आर्मी क्लबसँग झापा गोल्डकपको फाइनल खेलेको थियो ।
घरेलु फुटबलका चर्चित क्लब लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी, रुस्लान थ्री स्टार, आर्मी, नेपाल पुलिस क्लबको सहभागिता रहेको प्रतियोगिताको विजेताले १५ लाख र दोस्रो हुने टोलीले ७ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]