8 years ago
March 25, 2018
बार्सिलोना (एजेन्सी)– फुटबलका दुई सुपर स्टार बार्सिलोनाका लियोन मेस्सी र रियल म्याड्रिडका क्रिस्टियानो रोनाल्डोबीच प्रतिस्पर्धा हुनुलाई ब्राजिलियन पूर्व स्टार रोनाल्डिन्होेले उत्तम भएको बताएका छन् । दशक यता मेस्सी र रोनाल्डोले विश्व फुटबललाई चम्किलो बनाएको रोनाल्डिन्होको भनाई छ ।
‘मेस्सी र रोनाल्डोले १० पटक बालोन डी’ ओर जितेका छन् । दुवैले गोलको वर्षा गरिरहेका छन्,’ बार्सिलोनाका पूर्व स्टार उनले भने,‘उनीहरुले कयौं उपाधि जितेका छन् । कति कीर्तिमान बनाउका छन् । उनीहरुबीचको प्रतिस्पर्धाले फुटबललाई थप रोमाञ्चक बनाएको छ ।’
एउटै पुस्ताका रोनाल्डो र मेस्सीमा को उत्कृष्ट भन्ने वहस चलिरहेको छ । उनले भने ‘ दुवै सुपर स्टार हुन् । उनीहरुका कारण फुटबललाई नै राम्रो भएको छ । दुई खेलाडीबीच बालोन डी’ ओरका लागि सधै प्रतिस्पर्धा हुने गर्दछ । जुन खेलाडीले पनि आफुलाई उत्कृष्ट गर्न प्रयास गर्छन् ।’
अर्जेन्टिनाका मेस्सी र पोर्चुगलका रोनाल्डोले क्लब फुटबलका लागि सबै खाले उपाधि जितेपनि अहिले सम्म दुवैले विश्व कप भने जित्न सकेका छैनन् । सन् २००२ को विश्व कप विजेता ब्राजिलका सदस्य रोनाल्डिन्होले रसियामा हुने विश्वकपमा अर्जेन्टिनालाई दाबेदार मध्येको एक भएको बताए । सँगै उनले विश्व कपमा ब्राजिल मुख्य चुनौति हुने बताएका छन् ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]