8 years ago
March 25, 2018
काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलहरु अन्तर्गत अघिल्लो साता केहि रोमाञ्चक खेलहरु खेलिएका थिए । यस साता भने ती खेलहरु भन्दा अझै रोमाञ्चक खेलहरु खेलिँदै छन् । जान्नुहोस् ती ५ छुटाउनै नहुने महत्त्वपूर्ण खेलहरु:
५. रुस विरुद्ध फ्रान्स
समय: २७ मार्च नेपाली समयअनुसार रातिको ९.३५ बजे
यस साता फ्रान्स कोलम्बियासँग ३-२ ले पराजित भएको थियो । विश्वकपको बलियो दाबेदार मानिएको फ्रान्सका लागि आफ्नो अभियानमा यो ठुलो धक्का पनि हो । यस साता रुससँग फ्रान्सले केहि नयाँ शैली अप्नाउने र नयाँ अनुहारहरुलाई अवसर दिने सम्भावना पनि रहेको छ । विश्वकपको आयोजक रहेको रुस भने ब्राजिलसँग ३-० ले पराजित भएको थियो ।
४. पोर्चुगल विरुद्ध नेदरल्यान्ड्स
समय: २७ मार्च नेपाली समयअनुसार बिहानको १२.१५ बजे
केही वर्षयता नेदरल्यान्ड्सको खराब लय जारी रहेको छ । यसकारण नेदरल्यान्ड्स विश्वकपमा समेत छनोट हुन सकेन त्यसैले नेदरल्यान्ड्स टोली पुननिर्माणमा जुटेको छ । अर्को तर्फ पोर्चुगलले आश्चर्यजनक तरिकाले युरोकप जितेपछि विश्वकप जित्ने सपना पनि देख्न थालेको छ । नेदरल्यान्ड्स विरुद्ध फराकिलो जितसहित पोर्चुगल आफूलाई दाबेदारको रुपमा उभ्याउन चाहन्छ ।
अघिल्लो मैत्रीपूर्ण खेलमा पोर्चुगल इजिप्टसँग २-१ ले विजयी भएको थियो जसमा क्रिस्टियानो रोनाल्डोले इन्जुरी समयमा दुई गोल गरेका थिए । यस खेलमा पनि रोनाल्डोबाट त्यस्तै प्रदर्शनको अपेक्षा गरिने छ । अर्को तर्फ नेदरल्यान्ड्स भने इंग्ल्यान्डसँग १-० ले पराजित भएको थियो ।
३. इंग्ल्यान्ड विरुद्ध इटाली
समय: २८ मार्च नेपाली समयअनुसार बिहानको १२.४५ बजे
इंग्ल्यान्डको टोली स्टारहरुले भरिपूर्ण रहेको छ । तर सधै तालमेल र रक्षात्मक खेल इंग्ल्यान्डको कमजोरी देखिएको छ । यस विश्वकपमा इंग्ल्यान्ड सो बदल्न चाहन्छ । अघिल्लो खेलमा नेदरल्यान्ड्सलाई १-० ले हराएको इंग्ल्यान्ड अब अर्को विश्वकपमा छनोट हुन असफल इटालीसँग भिड्दै छ । अघिल्लो मैत्रीपूर्ण खेलमा अर्जेन्टिनासँग २-० ले पराजित भएको इटाली भने सो प्रदर्शनबाट सिक्दै सुधारिएको प्रदर्शन गर्न लागि पर्ने छ ।
२. स्पेन विरुद्ध अर्जेन्टिना
समय: २८ मार्च नेपाली समयअनुसार बिहानको १.१५ बजे
पछिल्लो मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले इटालीलाई २-० ले पन्छ्याउन सफल रह्यो । तर यस खेल अर्जेन्टिनाका लागि अझै ठूलो चुनौतिको रुपमा हुने छ । सन् २०१० को विश्वकप विजेता स्पेनले आफ्नो अघिल्लो खेलमा साविक विश्वकप विजेता जर्मनीसँग १-१ को बराबरी खेलेको थियो ।स्पेनको यस टोलीसँग प्रतिभा र जोसको कमी छैन । लियोनल मेस्सी सम्मिलित अर्जेन्टिना पनि विश्वकप अघि स्पेनसँगको यस महत्त्वपूर्ण खेलमा सकारात्मक नतिजा निकाल्दै लयमा रहन चाहन्छ ।
१. ब्राजिल विरुद्ध जर्मनी
समय: २८ मार्च नेपाली समयअनुसार बिहानको १२.३० बजे
ब्राजिल र जर्मनी भिड्दा विश्वकप सबैभन्दा धेरै पटक जितेका दुई टोली मैदानमा उत्रिने छन् । ब्राजिल ५ पटकको विश्वकप विजेता हो भने साविक जर्मनी ४ पटकको विश्व विजेता हो । अघिल्लो खेलमा ब्राजिलले रुसलाई सजिलैले पराजित गरेको थियो भने जर्मनीले पनि बलियो स्पेनको टोलीसँग १-१ को बराबरी खेलेको थियो । यस खेल भने विशेष हुनेछ किनभने सन् २००२ को विश्वकप फाइनलकोको यो ‘रिक्याप’ पनि हुनेछ । जर्मनी भने यस पटक नतिजा आफ्नो पक्षमा गएको देख्न चाहन्छ । ब्राजिल अघिल्लो विश्वकपमा ७-१ को लज्जास्पद हारको बदला लिने दाउमा पनि हुने छ ।
यस पटकको विश्वकपका अग्र दाबेदार मानिएका ब्राजिल र जर्मनीको यो खेल यस साताको सबैभन्दा अपेक्षित खेल पनि हुने छ । यस खेलमा विजयी हुने टोलीले आफ्नो विश्वकप अभियानमा पक्कै पनि ठूलो प्रोत्साहन पाउने छ ।
(एजेन्सीको सहयोगमा)
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]