8 years ago
March 26, 2018
म्यानचेस्टर (एजेन्सी)– सर्जियो अगुएरोले अर्जेन्टिना फर्केर खेल जीवनको अन्त्य गर्ने इच्छा व्यक्त गरेका छन् । म्यानचेस्टर सिटीसँगको सम्झौता सकिएपछि उनले आफ्नो सुरुवाती क्लब इन्डिपेन्डेन्टे जान चाहेको बताएका छन् । ला लिगा टोली एट्लेटिको म्याड्रिडबाट २९ वर्षे अगुएरो सन् २०११ मा सिटी पुगेका थिए ।
सिटीमा ६ वर्ष बिताउँदा अगुइरो क्लबका महान खेलाडीका रुपमा स्थापित भइसकेका छन् । अर्जेन्टिनाका फरवार्ड अगुएरोले खेल जीवनको सुरुवात इन्डिपेन्डेन्टेबाट गरेका थिए । सिटीसँगको उनको सम्झौता अब २ वर्ष (सन् २०२०) मात्र बाँकी छ । त्यसपछि उनले आफ्नो पहिलो क्लबनै जाने बताएका छन् ।
‘मैले पहिले देखिनै भन्दै आएको छु । सिटीसँगको सम्झौता सकिएपछि म इन्डिपेन्टेन्डे फर्कन चाहन्छु, फक्स स्पोर्टस् सँग उनले भने, ‘यद्दपी मैले अहिले नै त्यसका बारेमा धेरै सोचेको छैन । यो सिजनको अन्त्यपछि हामी विश्व कपको तयारीमा जुट्ने छौं ।’ अगुएरो अहिले अन्तर्राष्ट्रिय जिम्मेवारी निर्वाह गर्ने क्रममा स्पेनमा रहेका छन् । स्पेन र अर्जेन्टिनाबीच मंगलबार मैत्रीपूर्ण खेल हुँदैछ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]