default_image

8 years ago

March 28, 2018

बेल युनाइटेड जाने सम्भावना !

108 views

0 Bookmark

म्याड्रिड (एजेन्सी)– जोसे माउरिन्होले रियल म्याड्रिडका गेराथ बेललाई म्यानचेस्टर युनाइटेड जान मनाएको स्पेनिस सञ्चारमाध्यमले उल्लेख गरेका छन् । पटक पटकको चोटका कारण बेलले रियलमा क्षमता अनुसारको प्रदर्शन गर्न सकेका छैनन् । जसका कारण उनी कति खेलमा पहिलो रोजाइमा पर्न असफल भएका छन् ।

यो सिजन पनि उनी १९ खेलमा मात्र पहिलो रोजाइमा पर्न सफल भएका छन् । यो सिजन उनले १२ गोल गर्नुका साथै ५ गोलमा एसिस्ट गरेका छन् । तर उनीसँग यो भन्दा बढी क्षमता रहेको विश्वास गरिन्छ । तीन पटक च्याम्पियन्स लिग उपाधि जित्दाका टोलीको महत्वपूर्ण सदस्य रहेका बेल नियमित रुपमा खेल्नका लागि रियल छाडेर युनाइटेड जान तयार भएको समाचारमा उल्लेख छ ।

युनाइटेडले वेल्सका स्टारमाथि यसअघि पनि इच्छा देखाएको थियो । यद्दपी एलेक्स सान्चेजलाई भित्राउने क्रममा युनाइटेड प्रशिक्षक माउरिन्होले फरवार्ड सरुवा पुरा भएको बताएका थिए । यद्दपी अहिले फेरि बेलमाथि उनले चासो राखेको बताइएइको छ । रियल र युनाइटेडबीच सुपर कप खेलका दौरान पनि पोर्चुगिज माउरिन्होले बेललाई सम्झाउन खोजेको बताइएइको थियो ।

चालु सिजन सकिन अब केहि महिना मात्र बाँकी रहँदा बेलको सरुवा प्रसंग चल्न थालेको छ । यसपटक ठूला खेलमा पनि बेल जिनेदिनको पहिलो रोजाइमा पुर्न सकेनन् । खेल जीवनको उच्च फर्ममा रहेका बेल बेल अझै निरन्तर खेल्ने अपेक्षासहित युनाइटेड पुगे भने त्यो स्वभाविक मानिने समाचारमा उल्लेख गरिएको छ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.