8 years ago
March 30, 2018
वेल्स (एजेन्सी)– लियोन मेस्सी र क्रिस्टियानो रोनाल्डो मात्र अहिलेको समयमा गेराथ बेलभन्दा उत्कृष्ट रहेको वेल्सका प्रशिक्षक रायन गिग्सले बताएका छन् । यद्दपी बेलका लागि यो सिजन रियल म्याड्रिडमा कठिन रहेको छ ।
चोट र फिटनेसले उनलाई पटक पटक दुःख दिएको छ । अहिले उनी फिट हुने क्रममा छ । तथापी ठूला खेलमा उनलाई लिएर रियलका प्रशिक्षक जिनेदिन जिदान जोखिम उठाउन तयार छैनन् । यसबीचमा बेलले रियल छाड्ने हल्ला पनि चलिरहेको छ । टोटेनह्यामका पूर्व स्टार गिग्सको वेल्सका महत्वपूर्ण सदस्य हुन् । गिग्स पनि बेलले रियल छाडेको उत्तम हुने बताउँछन् ।
‘अहिले उनी उत्कृष्ट क्लबमा छन् । तीन पटक च्याम्पियन्स लिग उपाधि जितिसकेका छन् । उनी त्यहाँ खुसी पनि छन्,’ गिल्सले स्काई स्पोर्टसमा लेखेका छन्, ‘खेलाडीले जहिले पनि आफ्नो स्थानका लागि संघर्ष गर्नुपर्दछ । किनकी एकपटकमा ११ जनाले मात्र खेल्न मिल्छ । तर साच्चै छायाँ परेको लाग्छ भने बेलले नियमित खेल्नका लागि विश्वको कुनै पनि क्लबमा जान सक्छन् । ‘
म्यानचेस्टर युनाइटेडका महान गिग्सले विश्वका शीर्ष खेलाडीमा बेल पर्ने बताएका छन् । मेस्सी र रोनाल्डो छन् । त्यसपछि उनीहरु नजिक पुग्ने खेलाडी छन्, उनले थपे, बाँकी उत्कृष्टमा बेल पनि पर्छन् । रियलमा नियमित खेल्न अवसर नपाएपनि बेल गिग्सका महत्वपूर्ण खेलाडी हुन् । उनले भविष्यमा उच्च स्तरको फुटबलमा बेलले नियमित खेल्न पाउने विश्वास व्यक्त गरेका छन् ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]