8 years ago
March 30, 2018
लिभरपुल (एजेन्सी)– आर्सनलका पूर्व खेलाडी पाउल मेर्सनले लिपरपुलका सुपर स्टार मोहम्मद सालाहको तारिफ गर्ने क्रममा उनी विना बल विश्वकै उत्कृष्ट खेलाडी रहेको दाबी गरेका छन् । रोमाबाट एनफिल्ड पुगेका सालाहको यो सिजन उच्च प्रदर्शन गर्ने क्रममा सबै प्रतियोगितामा गरि ३६ गोल गरिसकेका छन् ।
प्रिमियर लिगमा मात्र उनले २८ गोल गरेका छन् । अहिले लिभरपुल प्रिमियर लिगको तेस्रो स्थानमा रहेको छ । पिएफए प्लेयर अफ दी एयरका दाबेदारका रुपमा हेरिएका २५ वर्षका सालाहका बारेमा स्काई स्पोर्टसका विज्ञ समेत रहेका मेर्सनले विना बलको मुभमेन्टमा विश्वका अन्य कुनै पनि खेलाडी भन्दा उनी उत्कृष्ट रहेको बताएका छन् ।
क्रिस्टल प्यालेसविरुद्ध शनिबार हुने प्रिमियर लिग खेलमा पनि सलाहले नै टोलीको नेतृत्व गर्ने मर्सेलको अनुमान छ । ‘ मलाई थाहा छैन क्रिस्टल प्यालेसले उनलाई कसरी रोक्छ । पछिल्लो पटक पनि उनीहरुले राम्रो नतिजा निकालेका थिए, मर्सनले भने,‘ भोलीको खेल पनि लिभरपुलले सहजै जित्नेछ । ’इजिप्ट्सियन सलाहलाई अहिले विश्वकै उत्कृष्ट खेलाडी मध्येका एकका रुपमा हेरिएको छ । युरोपियन गोल्डेन बलको दौडमा उनले लियोनल मेस्सीलाई पनि पछि पार्ने अनुमान गरिएको छ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]