8 years ago
March 30, 2018
साउ पाउलो (एजेन्सी)– ब्राजिलियन एवंम् पेरिस सेन्ट जर्मेन (पिएसजी) का सुपर स्टार नेयमारले लियोन मेस्सी र रोनाल्डोमा को उत्कृष्ट भन्नेमा धारणा सार्वजनिक गरेका छन् । त्यस्तै रियल म्याड्रिड जाने हल्लाका विषयमा पनि उनले मुख खोलेका छन् । उनले भने,‘ म यहाँ खुसी छु । अहिले छोड्ने कुनै मनसाय छैन । म यति भन्न सक्छु समयले यो सबैलाई आफै प्रष्ट हुनेछ ।’
विश्वका दुई उत्कृष्ट खेलाडी मेस्सी र रोनाल्डोले पछिल्लो एकदशक यता विश्व फुटबललाई नेतृत्व गरिरहेका छन् । दुवैले समान ५ पटक बालोन डी ओर उपाधि जितेका छन् । कुनै पनि नेयमारले उनीहरुलाई पछ्याउने अनुमान गरिएको छ । यद्दपी नेयमारले को उत्कृष्ट भन्नेमा निकै कुटनीतिक तरिकाले जवाफमा दिएका छन् ।
‘ म रोनाल्डोलाई धेरै सम्मान गर्छु । उनीले धेरै इतिहास बनाएका छन् । म जस्ताका लागि उनले कोशेढुगां सावित गरेका छन्,’ उनले भने,‘ उनले पछिल्ला १० वर्ष उच्च स्तरमा प्रदर्शन गरेका छन्, मेस्सीले जस्तै । हामी सबै उनीहरुबाट प्रेरित हुन्छौं ।’
नेयमारले सुरुवाका विषयमा पनि आफ्नो धारणा राखे । ‘रियल थ्रुपै राम्रा खेलाडी छन् । हामी रोनाल्डोमा मात्र केन्द्रित हुन हुदैन,’ उनले भने,‘ म पेरिसमा इतिहास बनाउन आएको हु । तर मेरा बारेमा अनेक हल्ला चलेका छन् । म यहाँ खुसी छु, हल्लाका बारेमा मलाई केहि भन्नु छैन ।’
२६ वर्षे सुपर स्टार खुट्टाको उपचारका क्रममा अहिले स्वदेशमा रहेका छन् । जुनमा रसियामा सुरु हुने विश्व कप अघि उनी पूर्ण रुपमा फिट हुने अपेक्षा गरिएको छ । उनले ब्राजिलियन टोलीको सफल नेतृत्व गर्ने विश्वास गरिएको छ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]