8 years ago
March 30, 2018
म्याड्रिड (एजेन्सी) – यस सिजन स्पेनिस लालिगामा सोचेअनुरुप प्रदर्शन गर्न नसकेको रियल म्याड्रिड अहिले नयाँ स्ट्राइकरको खोजीमा रहेको बुझ्न सकिन्छ । रियलको आफ्नो प्राथमिकतामा अहिले पोल्यान्ड तथा बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोस्की रहेका छन् ।
रियल सिजनको सुरुवातदेखि नै नेयमारसँग जोडिंदै आएको छ । तर विभिन्न श्रोतका अनुसार नेयमार रियल आए अग्रपंक्तिको बायाँमा लेफ्ट विंगरको रुपमा खेल्ने छन् । त्यसैले स्ट्राइकर करिम बेन्जेमाको विकल्पमा अहिले रोबर्ट लेवान्डोस्कीको नाम आएको छ ।
यसअघि रियल टोटनह्यामका स्ट्राइकर ह्यारी केनलाई पनि भित्राउन इच्छुक रहेको थियो । तर केन टोटनह्याममा अझै केही सिजन बस्ने सक्ने देखिएपछि रियल फेरी बजार धाउन बाध्य भएको हो ।
लेवान्डोस्की रियल आउन आफैं पनि इच्छुक रहेका छन् । यही समरमा उनले बायर्नलाई आफ्नो रियलको सरुवा नरोक्न आग्रह गरेका छन् । बायर्नका अध्यक्ष भने लेवान्डोस्की बायर्नमा रहनेमा शतप्रतिशत विश्वस्त रहेका बताएका थिए । यो २९ वर्षीय लेवान्डोस्कीको बजार मुल्य बढाउने उपाय मात्र रहेको टिपणी पनि आएको छ ।
यस समरमा रियलले आफ्नो टोलीमा केही ठूला परिवर्तन गर्ने अपेक्षा गरिएको छ । रियलले आफ्नो प्राथमिकतामा लेवान्डोस्कीसहित नेयमार, केन र चेल्सीका एडेन हाजार्डलाई राखेको बुझिएको छ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]