default_image

8 years ago

March 30, 2018

स्ट्रेर्लिङप्रति रियलको चासो

80 views

0 Bookmark

म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडले म्यानचेस्टर सिटीका रहिम स्ट्रेर्लिङलाई क्लबमा भित्राउन चासो देखाएको छ । पेप ग्वार्डिओलाको प्रशिक्षणमा स्ट्रेर्लिङले यो सिजन २० गोल गर्नुका साथै ११ एसिस्ट गरिसकेका छन् । जसले उनलाई प्रिमियर लिगकै महत्वपूर्ण खेलाडीमध्येका रुपमा स्थापित गराएको छ ।

त्यहि उच्च प्रदर्शनका कारण विङ्गर एवंम् फरवार्ड स्ट्रेर्लिङप्रति रियलले चासो देखाएको समाचारहरुमा उल्लेख गरिएको छ । गेराथ बेल र इस्को अर्को सिजन क्लबबाट बाहिरिन सक्ने भएका कारण पनि रियलका प्रशिक्षक जिनेदिन जिदान लिभरपुलका पूर्व स्टार स्ट्रेर्लिङलेलाई भित्राउने चाहनामा छन् ।

२३ वर्षे विङ्गरलाई सिटीले साताको १ लाख ८० हजार पाउन्ड दिइरहेको अनुमान गरिएको छ । सिटी उनलाई ५० प्रतिशत रकम बृद्धि गर्दै थप पाँच वर्षको सम्झौता नविकरण गर्ने योजनमा रहेको उल्लेख गरिएको छ ।

ग्वार्डिओला टोलीका सदस्य केभिन डी ब्रुने, डेभिड सिल्भा, फर्नान्डिन्हो र निकोलस ओटामेन्डीसँग नयाँ सम्झौता गर्ने योजनामा छन्, जसमा स्ट्रेर्लिङले पनि रहेका छन् । स्ट्रेर्लिङलेको सिटीसँगको सम्झौता अझै दुई वर्ष बाँकी छ र उनी क्लबमा खुसी रहेको बताइएको छ ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.