8 years ago
March 31, 2018
न्यूयोर्क (एजेन्सी)– क्लबका नयाँ खेलाडी ज्लाटान इब्राहिमोभिच खेलका लागि अझै भोको रहेको एलए ग्यालेक्सीले दाबी गरेको छ । इब्राहिमोभिचले आफ्नोतर्फबाट सबै दिने प्रयास गरेपछि एलए ग्यालेक्सीबाट यस्तो दाबी सार्वजनिक आएको हो ।
उनले दुई वर्ष अघिनै ग्यालेक्सी आउने मन भएपछि म्यानचेस्टर युनाइटेडसँगको सम्झौताका कारण सम्भव नभएको बताएका छन् । ‘मेरो दिमागमा यो ठाँउ थियो । म आउन चाहन्थे । तर हुन सकेन,’ इब्राहिभोभिचले भने, ‘ठिकै छ । समय कहिले काही आफैले सोचे जस्तो हुदैन । तर अन्तत म यहाँ आएको छु । क्लबले बोलायो म आए ।’
३६ वर्षे उनले उमेरका कारण खासै फरक नपर्ने बताएका छन् । लामो समय घुँडाको चोटका कारण मैदान बाहिर रहेका इब्राहिमोभिचले युनाइटेडबाट यो सिजन खेल्न सकेनन् ।
‘म आफुलाई युवा सम्झन्छु । मैले एकपटक भनेको थिए । म बुढो भएर जन्मेको हु र युवा भएर मर्ने छु । त्यसैले मलाई उमेरका बारेमा चिन्ता छैन,’ उनले भने, ‘थाहा छ म ३६ वर्षको भए । जति बेलामा म इङ्ल्यान्ड गएको थिए । सबैले मलाई बुढो भनेका थिए । म ह्विलचियरमा पुगेको थिए । तीन महिना पछि सबैको धारणा बदलियो । यो खाली अंकको कुरा हो । मलाई थाहा छ के गर्न सक्छौं भन्ने । म यहाँ जित्नका लागि आएको हुँ ।’
उत्साहित इब्राहिमोभिच मैदानमा फर्कन अझै एक महिना लाग्ने क्लबले अनुमान गरेको छ । यद्दपी उनी शुक्रबार अभ्यासमा भने सामेल भएको थिए ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]