default_image

8 years ago

March 31, 2018

सालाहको निर्णायक गोलमा लिभरपुल विजयी

131 views

0 Bookmark

लण्डन (एजेन्सी) – इंग्लिस प्रिमियर लिग अन्तर्गत लिभरपुलले क्रिस्टल प्यालेसलाई २-१ को गोलअन्तरले हराएको छ । लिभरपुलका लागि उसका स्टार खेलाडी मोहम्मद सालाहले निर्णायक गोल गरे ।

क्रिस्टल प्यालेसले पहिलो हाफमा गोल गरे पनि लिभरपुल दोस्रो हाफमा खेलमा फर्केको थियो । लिभरपुलका गोलकिपर लोरिस केरियसले प्यालेसका विल्फ्रिड जाहालाई फल गर्दा उनले पेनाल्टी जितेका थिए । सो पेनाल्टीमा लुका मिलिभोयेभिचले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए ।

दोस्रो हाफमा भने साडियो मानेको गोलमा लिभरपुलले खेल बराबरी पारेको थियो । त्यस्तै खेलमा ६ मिनेट बांकी हुँदा मोहम्मद सालाहले गोल गर्दै टोलीको ३ अंक सुनिश्चित गरे । सो गोल सालाहको यस सिजन ३७ औं गोल हो । यस जितसँगै लिभरपुल तालिकाको दोस्रो स्थानमा उक्लेको छ ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.