8 years ago
March 31, 2018
काइरो (एजेन्सी) – लिभरपुलका स्टार खेलाडी मोहम्मद सालाह अहिले विश्व फुटबलमा सबैभन्दा लयमा रहेका खेलाडी हुन् । उनले इजिप्टमा अहिले यति प्रभाव बनाएका छन् कि राष्ट्रपतिको चुनावमा उठ्दै नउठी उनले १० लाख मत पाएका छन् ।
सालाहले दुई साता अघि वाटफोर्ड विरुद्ध चार गोल गरेका थिए । इजिप्टबाट मैत्रीपूर्ण खेलमा उनले पोर्चुगल विरुद्ध पनि एक गोल गरे भने क्रिस्टल प्यालेस विरुद्ध निर्णायक गोल गर्दै यस सिजनका लागि आफ्नो गोल सुची ३७ पुर्याएका छन् । यो सिजन उनको प्रदर्शन लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोकै स्तरमा रहेको छ ।
हालै सम्पन्न इजिप्टको राष्ट्रपतिको चुनावमा सालाहले आफ्नो राष्ट्रमा आफ्नो लोकप्रियता पनि सिद्ध गरेका छन् । राष्ट्रपतिको चुनावमा अब्देल फत्ताह अल-सिसीले ९२ प्रतिशत मत प्राप्त गर्दै पुन: राष्ट्रपति चयन हुन सफल रहे । पच्चिस करोड जनाले मतदान गरेको चुनावमा उनका विरोधीले केवल ३ प्रतिशत मत प्राप्त गरे ।
इकोनोमिस्टका अनुसार १० लाख जनताले दुवै उम्मेद्वारको नाम काट्दै मोहम्मद सालाहलाई मत खसालेका थिए । ती १० लाख मत बदर हुन पुगे । यस सिजन जादुयी लयमा रहेका सालाहलाई राष्ट्र नायकको रुपमै चिनिन थालेको छ । उनलाई ‘इजिप्सियन किङ’ र ‘इजिप्सियन मेस्सी’को उपनाम पनि दिइएको छ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]