default_image

8 years ago

April 1, 2018

रियलको सहज जित, बार्सिलोना रोकियो

120 views

0 Bookmark

पाल्मास (एजेन्सी) – गए राति स्पेनिस ला लिगामा साविक विजेता रियल म्याड्रिडले लास पाल्मासलाई ३-० ले हराएको छ । रियलको जितमा ग्यारेथ बेलले दुई गोल गरे ।

बेलले खेलको २६ औं मिनेटमा टोलीलाई अग्रता दिलाएका थिए । त्यस्तै पहिलो हाफको ३९ औं मिनेटमा करिम बेन्जेमाले गोल गर्दै पाहुना टोलीको अग्रता दोब्बर पारे । दोस्रो हाफमा बेलले आफ्नो व्यक्तिगत दोस्रो र टिमको तेस्रो गोल गर्दै ३ अंक सुनिश्चित गरेका थिए । रियलका लागि स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो टोलीमा सामेल थिएनन् ।

अर्को तर्फ अग्रस्थानमा रहेको बार्सिलोनाले सेभियासँग २-२ को रोमाञ्चक बराबरी खेल्दै सिजनको अपराजित यात्रा कायम राख्यो । फ्रान्को भाजक्वेज र लुइस मुरियलको गोलमा पछि परेको बार्सिलोनाले खेलको अन्तिमतिर दुई गोल फर्काएको थियो । बार्सिलोनाका लागि ८८ औं मिनेटमा लुइस स्वारेजले गोल गरे भने ८९ औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै खेल बराबर पारेका थिए ।

३० खेलमा ७६ अंकसहित बार्सिलोना तालिकाको शीर्षस्थानमा रहेको छ । दोस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिडभन्दा बार्सिलोनाको १२ अंक बढि रहेको छ । रियलको भने ३० खेलमा ६३ अंक रहेको छ ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.