8 years ago
April 2, 2018
लन्डन (एजेन्सी) – गए राति इंग्लिस प्रिमियर लिगमा साविक विजेता चेल्सी टोटनह्यामविरुद्ध ३-१ ले पराजित भएको छ । टोटनह्यामका लागि डेले अलिले दुई गोल गरे ।
एल्भारो मोराटाको हेडिङ गोलमार्फत चेल्सीले खेलमा अग्रता लिएको थियो । तर पहिलो हाफमा क्रिस्टियन एरिक्सनको शानदार प्रहारले पाहुना टोलीलाई खेलमा फर्काएको थियो । दोस्रो हाफमा अलिले दुई गोल गर्दै चेल्सीलाई उसकै घरेलु मैदानमा निराश पारेको थियो ।
त्यस्तै हिजो रातिको अन्य खेलमा आर्सनलले स्टोक सिटीलाई ३-० ले हराएको थियो । खेल ७५ मिनेटसम्म गोलरहित रहे पनि आर्सनलले पुनरागमन गरेको हो । आर्सनलका लागि पियर-एम्रिक अबामेयाङले दुई गोल गरे भने अर्का स्ट्राइकर एलेक्जान्डर लाकाजेटले एक गोल गरे ।
टोटनह्याम ६४ अंकसहित तालिकाको चौथो स्थानमा रहेको छ भने पाचौंमा रहेको चेल्सीको ५६ र छैटौं स्थानमा रहेको आर्सनलको ५१ अंक रहेको छ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]