default_image

8 years ago

April 2, 2018

रुस्लान थ्री स्टारलाई मदन भण्डारी गोल्डकप उपाधि

119 views

0 Bookmark

दिपक न्यौपाने
बुटवल – विदेशी खेलाडी अजयी मार्टिनको निर्णायक गोलमा रुस्लान थ्री स्टार क्लबले मोसफलको सर्वाधिक पुरस्कार राशीको मदन भण्डारी गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । चिर प्रतिद्वन्द्वी लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीलाई २–१ ले हराउँदै थ्री स्टार च्याम्पियन बनेको हो ।

Three Star

रुस्लान थ्री स्टार क्लबका खेलाडी । फाइल तस्बिर

विहान सम्म २४ घन्टामा अर्को खेल नखेल्ने बताएको थ्री स्टार आयोजकले माफी मागेपछि सोमबार फाइनल खेल्न तयार पाएको थियो । अघिल्लो दिन मात्र आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीलाई १–० ले हराउँदै थ्री स्टार अन्तिम दुईमा पुगेको थियो ।

खेलमा पछि परेको अवस्थालाई उल्टाउँदै थ्री स्टारले वर्षको चौथो उपाधि जितेको हो । विमल रानाको गोलमा मनाङले दास्रो मिनेटमा अग्रता लिएको थियो । सुजलको पासमा विमलले गोल गरेका हुन् । थ्री स्टारले दोस्रो हाफमा मात्र खेललाई बराबरी गरेको थियो । अनन्त तामाङले ६९ औं मिनेटमा बराबरी गोल फर्काएका थिए ।

पिटरको लामो पासमा अनन्तले गोल गरेका हुन् । खेल सकिन ८ मिनेट बाँकी रहँदा अजयीले गोल गरेपछि थ्री स्टार विजयी बनेको थियो । पेनाल्टी बक्समा हुलमुलकाबीचबाट अजयीले गोल गरेका थिए । यो वर्ष मनाङविरुद्धका चारै खेलमा थ्री स्टार विजयी भएको छ । पछिल्लो पटक चैत १ गते यी दुई टोलीले तिलोत्तमा गोल्ड कपको सेमिफाइनल खेलेका थिए ।

फाइनलमा नेपाल पुलिस क्लबलाई हराउँदै थ्री स्टारले तिलोत्तमा गोल्ड कपको उपाधि जितेको थियो । त्यसअघि थ्री स्टारले मदन भण्डारी इटहरी गोल्डकप र बुढासुब्बा गोल्ड कपको उपाधि जितेको थियो । थ्री स्टारले इटहरीमा मनाङलाई नै हराएको थियो ।

फागुन १७ मा चितवनको टुबोर्ग विकास रनिङ शिल्डको सेमिफाइनलमा पनि मनाङ थ्री स्टारसँग पराजित भएको थियो । मनाङले यो सिजन जेसिज कप र दुहवी गोल्ड कपको उपाधि जितेको थियो । थ्री स्टारले उपाधिसँगै १५ लाख र दोस्रो भएको मनाङले ७ लाख ५० हजार रुपैयाँ प्राप्त गरेको छ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.