default_image

8 years ago

April 2, 2018

फ्रान्सले विश्वकप जित्न सक्छ – पोग्बा

92 views

0 Bookmark

म्यानचेस्टर (एजेन्सी) – म्यानचेस्टर युनाइटेडका स्टार मिडफिल्डर पल पोग्बाले आफ्नो राष्ट्रिय टोली फ्रान्सले यस पटक विश्वकप जित्न सक्ने बताएका छन् ।

Paul Pogba Manchester United

यस वर्ष रुसमा आयोजना हुने विश्वकप २०१८ मा फ्रान्सलाई पनि प्रबल दाबेदार मानिएको छ । तर फ्रान्सले विश्वकप छनोट हुने क्रममा केही निराशजनक नतिजा पनि ल्याएको थियो । हालै सम्पन्न मैत्रीपूर्ण खेलमा पनि फ्रान्स कोलम्बियासँग ३-२ ले पराजित भएको थियो । त्यस बावजुद फ्रान्सले विश्वकप जित्न सक्ने पोग्बा विश्वास गर्छन् ।

“अवश्य पनि फ्रान्सले विश्वकप जित्न सक्छ, हामीसँग खेलाडी छन्, हामीसँग सबथोक छ । तर अझै पनि पर्याप्त खेलहरु खेल्दै तालमेलमा काम गर्न जरुरी रहेको छ ,” पोग्बाले बताए ।

राम्रो टोलीसँग सकारात्मक नतिजा निकाल्न सके पनि कमजोर टोलीसँग कहिलेकाहिं टोलीको प्रदर्शन कमजोर भएको उनले स्वीकारे । तर पोग्बाको भनाई अनुसार ती गुमिएका खेलबाटै फ्रान्सले सिक्न जरुरी रहेको छ । त्यस्तै समर्थकको साथ पनि अति आवश्यक हुने उनले जोड गरे ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.