8 years ago
April 2, 2018
विराटनगर (हाम्रो खेलकुद)– घरेलु मैदानमा आयोजक रिजालको मोरङ ११ लाई हराउँदै टाइब्रेकरमा हराउँदै रमपम झापा ११ विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । विराटनगर स्थित सहिद रंगशालामा सोमबार भएको दिवा रात्री खेलमा २०७१ को विजेता समेत रहेको झापाले मोरङलाई पेनाल्टी सुट आउटमा ५–३ ले हराएको थियो ।
खेलको निर्धारित ९० समय ३–३ बराबरीमा टुंगिएको थियो । थप ३० मिनेटमा पनि गोल नभएपटि टाइब्रेकरमा खेलको निर्णय भएको थियो । खेलमा २–० लाई जोगाउन नसकेको मोरङ अन्तमा टाइब्रेकरमा निराश भएको थियो । टाइब्रेकरमा झापाका कप्तान योगेश गुरुङ, विश्वास श्रेष्ठ, छिरिङ गुरुङ, देवेन्द्र तामाङ र माइकल लाइजेलले गोल गरे । मोरङका कप्तान दिपक राई, अशोक खवास र बुद्धिमान राईले गोल गरे । साईमान लिम्बूको प्रहार बाहिरिंदा मोरङ स्तब्ध बन्न पुग्यो ।
खेलको २१ औं मिनेटमा कप्तान दिपक राईले पेनाल्टी बक्स लाइन नजिकैबाट गरेको फ्रिकिक गोलमा परिणत हुँदा मोरङले अग्रता लिएको थियो । झापाका पुजन उपकोटीले बुद्धिमान राईलाई फाउल गरेपछि मोरङले त्यो फ्रिकिक पाएको थियो । त्यसको सात मिनेट पनि बित्न नपाउँदै मोरङले अग्रता दोब्बर बनायो । निशान लिम्बूको क्रस पासमा निरज बस्नेतले पेनाल्टी बक्स गरेको हेड प्रहार गोलमा परिणत भएको थियो । मोरङका सुशील राईसंग जुध्दा झापाका रक्षक दिलेन लोक्ताम घाइते भए ।
टाउकोमा चोट लागेपछि उनलाई उपचारका लागि विराट नर्सिङ होम पठाइयो । उनका ठाउँमा छिरिङ गुरुङ मैदान प्रवेश गरे । मुख्य रक्षक नै घाइते भएको मौका छोपेर मोरङले झापामाथि २–० को अग्रता बनाउन सकेको हो । ३१ औं मिनेटमा झापाका अफ्रिकन खेलाडी माइकल लाइजेलको क्रस पासमा कर्ण लिम्बूले विपक्षी रक्षापक्तिलाई विट गर्दै गोल गरेपनि २–१ को अवस्थामा पुगेको थियो । ५० औं मिनेटमा मोरङले आत्माघाती गोलको उपहार पाएपछि झापा थप दबावमा प¥यो ।
निशानको क्लियर गर्न खोज्दा झापाका मुफ्ता लावलले आत्माघाती गोल गरे । माइकल लाइजेले ५८ औं मिनेटमा गोल गरेपनि खेल ३–२ को अवस्थामा पुगेको थियो । विश्वास श्रेष्ठ फ्रिकिकमा माइकल हेडमार्फत गोल गरेका थिए । खेल सकिन २ मिनेट बाँकी रहँदा अवुवकर याकुवले हेडमार्फत गोल गर्दै खेललाई ३–३ को बराबरीमा पुर्याएका थिए ।
छिरिङ गुरुङको लामो पासमा अवुवकरले विपक्षी गोलकिपर सूर्य अधिकारीलाई विट गर्दै गोल गरेका थिए । त्यस लगत्तै मोरङ १० खेलाडीमा सिमित बन्यो । विपक्षी खेलाडीलाई हात हालेपनि रेफ्री श्रवण लामाले मोरङका रुषक नीरज बस्नेतलाई रातो कार्ड दिएपछि मोरङ १० खेलाडीमा सिसमित भएको थियो । मोरङका प्रशिक्षक पारस चौधरीले सहायक रेफ्रीको गलत निर्णयका कारण हार भएको बताए । खेलाडीले चित्त बुझ्दो र उत्कृष्ट प्रदर्शन गरे पनि अन्तिम समयमा लय गुमाउँदा पराजय भोग्नु परेको बताए ।
झापाका प्रशिक्षक प्रवेश कटवालले पहिलो पटक फ्लडलाइटमा रात्रिकालीन खेल खेल्नु पर्दा खेलाडीलाई समस्या भएको बताए । ‘हाम्र खेलाडीलाई मैदान नौलो भएकाले पनि समस्या हुन गयो,’ उनले भने, ‘त्यही भएर नजिजा हात पार्न निक्कै संघर्ष गर्नु प¥यो ।’ झापाका अवुवकर खेलको म्यान अफ दी म्याच घोषित भएका थिए ।
विराट गोल्डकपमा मंगलबारको खेल
सिएमजी संकटा क्लबविरुद्ध नेपाल एपिएफ क्लब
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]