8 years ago
April 3, 2018
बार्सिलोना (एजेन्सी)– बार्सिलोनाले पटक पटकको प्रयास पछि फिलिप्पो काउटिन्होलाई जनवरीमा क्लबमा भित्राउन सफल भएको थियो । तर, उनले अझै अपेक्षा अनुसारको प्रदर्शन गर्न नसकेको टेरी गिब्सनले बताएका छन् । १ सय ४५ मिलियन पाउन्डमा बार्सिलोना पुगेयता उनले १३ खेलमा ३ गोल र २ एसिस्ट मात्र गर्न सकेका छन् ।
ह्यास्ट्रिङ समस्याका कारण उनको डब्यू केही ढिला गरि भएको थियो । ‘इमान्दार भएर भन्नु पर्दा काउटिन्होबाट धेरै आशा राखिएको छ, ‘ स्काईका स्पेनिस फुटबल विशेषज्ञ गिब्सनले भने, ‘हो कुनै पनि नयाँ क्लबलाई सेट हुन समयमा लाग्छ । तर उनी जत्तिको अनुभवी खेलाडीबाट बढी आशा हुन्छ ।’
अन्तिम समयमा गोल फर्काउँदै शनिबारको खेलमा सेभिल्लासँगको खेलमा २–२ को बराबरी गरेको थियो । जति बेला टोलीलाई गोलको आवश्यकता थियो त्यस बेलामा ब्राजिलियनबाट अपेक्षा अनुसार प्रदर्शन नभएको बताए । ‘मैले त्यो खेल हेरे । लियोन मेस्सी मैदान प्रवेश गरेपछिको खेल नै अर्को भयो,’ उनले भने, ‘हो मेस्सीसँग काउटिन्होलाई तुलाना गर्नु न्यायसंगत हुँदैन । तर उनबाट सबैले अपेक्षा गरेका हुन्छन् ।’
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]