8 years ago
April 13, 2018
काठमाडौं (हाम्रो खेलकुद) – फिफा वरियतामा नेपाल तीन स्थान माथि उक्लेको छ । विश्व फुटबल महासंघ (फिफा) ले अप्रिलका लागि बिहीबार जारी गरेको वरियतामा नेपाल १ सय ६२ औं स्थानमा रहेको छ । मार्चको वरियतामा नेपाल १ सय ६५ औं स्थानमा रहेको छ ।
मार्चको अन्तिममा कतारमा भएको एसिया कप छनोटको अन्तिम खेलमा यमनसँग २–१ ले पराजित भएपनि नेपालको वरियता क्रममा भने सुधार भएको हो । दक्षिण एसियाली राष्ट्रमा भारत शीर्षस्थानमा रहेको छ । २ स्थान सुधार गर्दै भारत ९७ औं स्थानमा छ ।
दक्षिण एसियाली मुलुकमध्ये माल्दिभ्स १ सय ४७ औं स्थानमा छ भने नेपाल भन्दा पछि भुटान १ सय ८४ औं, बंगलादेश १ सय ९७ औं, श्रीलंका २ सयौं र पाकिस्तान २ सय एक स्थानमा रहेको छ ।
फिफा वरियताको शीर्ष स्थानमा २०१४ को विश्वकप विजेता जर्मनी यथावत छ । ब्राजिल दोस्रो, बेल्जियम तेस्रो, पोर्चुगल चौथो र अर्जेन्टिना पाँचौं स्थानाम छन् । त्यस्तै स्विट्जरल्यान्ड छैटौं, फ्रान्स सातौं, स्पेन आठौं, चिली नवौं र पोल्यान्ड दसौं स्थानमा छ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]