default_image

8 years ago

April 13, 2018

विर्ताको जितमा नवयुगको ह्याट्रिक

109 views

0 Bookmark

दिपक बोहोरा

पाँचथर – रेडहर्स इलामलाई ३–० ले पराजित गदै विर्ता युनाइटेट झापा वाइ वाइ नाइन ए साइड गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रबेश गरेको छ । विर्ताको जितमा नेपाल आर्मी तथा राष्ट्रिय टोलीका स्टाइकर नवयुग श्रेष्ठले ह्याट्रिक गरे । नेपाल आर्मीका नवयुग यस प्रतियोगितामा विर्ताबाट खेल्दैछन्। 

wirta

फिदिम मा.बिको मैदानमा भएको अन्तमि सेमिफाइनलमा १२ औं मिनेटमा नवयुगले गोल गर्दै साबिक विजेता विर्तालाई अग्रता दिलाए । वुद्ध चेम्जोङको क्रसमा नवयुगले गोल गरेका थिए । नवयुगले ४३ र ६० औं मिनेट मा गोल गर्दै ह्याटिक पुरा गरे । दुवै गोलमा बुद्धले असिस्ट दिएका थिए ।

इलामका भरपर्दा खेलाडी सुवास राइ खेलको सुरु तिर चोटील हुदै मैलान छाडे पछि इलाम अझ दबाबमा परेको थियो । दोश्रो हाफमा केहि सुधारिएको खेल पस्केको इलामले पाएका केही अबसर गुमाउँदा निराश बन्न पुग्यो । खेलमा ह्याटिक गरेका नवयुग म्यान अफ दि म्याच हुँदै ५ हजार प्राप्त गरे ।

राम्रो टिमवर्कका कारण नतिजा आफ्नो पक्षमा आएको विर्ताका प्रशिक्षक भुपेन लिम्बुले बताए । त्यस्तै इलामका प्रशिक्षक याम राइले आफ्नो स्तर अनुसारका खेल प्रर्दशन गर्न नसक्दा टिम पराजित हुन परेको बताए ।

विर्ता उपाधिको लागी आइतबार न्युस्टार सुनसरीसँग प्रतिस्पर्धा गर्ने छ । प्रतियोगिताको विजेताले उपाधि सहित ३ लाख ५ हजार ५ सय ५५ र उपविजेताले १ लाख ५५ हजार ५ सय ५५ रुपैया प्राप्त गर्ने छन । प्रतियोगिताको सर्वाकृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्नेछन ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.