default_image

8 years ago

April 15, 2018

विर्तालाइ पाँचथर गोल्डकपको उपाधि, नवयुग सर्वोकृष्ट खेलाडी

93 views

0 Bookmark

दिपक बोहोरा

पाँचथर – झापाको विर्ता युनाइटेडले फाइनलमा सुनसरी न्युस्टारलाई  ४–१ ले पराजित गर्दै वाइ वाइ दोश्रो पाँचथर नाइन ए साइड फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ । विर्ताको जितमा दुई गोल गरेका नवयुग श्रेष्ठ प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए।

birta winner

 

फिदिम मा.बिको मैदानमा भएको फाइनलमा विर्ताले नवयुगको गोलमा अग्रता लियो। उनले तेस्रो मिनेटमा बुद्ध चेम्जोङको क्रसलाई सदुपयोग गर्दै विर्तालाई अग्रता दिलाए। न्युस्टारले ३३ औं मिनेटमा निशान लिम्बुको गोलमा बराबरी गर्यो। राष्ट्रिय टोलीका समेत सदस्य रहेका हेमन्त थापा मगरको पासमा निशानले बराबरी गोल गरे।

विर्ताले दोस्रो हाफमा पुष्प मादेनको गोलमा अग्रता लियो। यसअघि क्वाटरफाइनलमा ह्याट्रिक गरेका पुष्पले विशाल राईको पासलाई सदुपयोग गर्दै विर्तालाई पुनः अग्रता दिलाएका थिए।

न्युस्टारले बराबरी गर्ने प्रयास गरेपनि ५५ मिनेटमा टंक बस्नेतको प्रहार बारमा लगेर फर्कियो। ५७ मिनेटमा बुद्धको कर्नरमा पुजन उपरकोटीले गोल गर्दै विर्ताले अग्रता दोब्बर गर्यो। खेलको ५९ औं मिनेटमा न्यूस्टारका दिपक गुरुङको प्रहार पनि बारमा लागेर फर्किएपछि न्यूस्टार खेलमा फर्कन सकेन। नवयुगले ७५ मिनेटमा गोल गर्दै विर्ताको जित सुनिश्चित गरे।

दोस्रो स्थानमा चित्त बुझाएको न्यूस्टारका हेमन्त थापा मगर खेलको ‘म्यान अफ दी म्याच’ चुनिए। उनले नगद ५ हजार प्राप्त गरे । प्रतियोगितामा ६ गोल गरेका नवयुग सर्वाधिक गोलकर्ता हुँदै १० हजार प्राप्त गरे। नवयुग नै प्रतियोगिताको सर्वोकृष्ट खेलाडी चुनिए। उनले एक थान टिभिएस मोटरसाइकल प्राप्त गरे ।

खेलाडीहरुको तालमेल नमिल्दा पराजित हुन परेको सुनसरीका प्रशिक्षक श्याम श्रेष्ठले बताए । विर्ताका प्रशिक्षक भुपेन लिम्बुले भने उच्च प्रर्दशनको कारण उपाधि जित्न सफल भएको बताए।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.