8 years ago
April 16, 2018
रियो डि जेनेरो (एजेन्सी) – ब्राजिलियन स्टार नेयमारले विश्व कपका लागि खुट्टाको चोट ठिक हुँदै गरेको बताएका छन्। ब्राजिलियन टेलिभिजन कार्यक्रम ‘अल्टास होरास’ मा अन्तरवार्ता दिने क्रममा नेयमारले अहिले खुट्टामा दुखाई नहुने जानकारी दिएका छन्।
नेयमारको दाँया खुट्टाको औंला भाचिएको कारण शल्यक्रिया गर्नु परेको थियो। उनी उक्त कार्यक्रममा बैसाखीको सहयोग लिएर पुगेका थिए।
नेयमारले भने, “अब पूर्ण रुपले ठिक भएर मैदानमा फर्कन १ महिना लाग्नेछ। सबै योजना अनुरुप हुँदै छ ।”
विश्व कपलाई लक्षित गर्दै नेयमार जिममा ‘वर्क आउट’ गर्न थालेका छन्। रुस विश्व कप जुन १४ बाट सुरु हुँदै छ। ब्राजिलले पहिलो खेल स्विट्जरल्यान्डसँग जुन १७ मा खेल्नेछ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]