default_image

8 years ago

April 17, 2018

नेयमार – “काभानीसँग समस्या थियो”

101 views

0 Bookmark

रियो डी जनेरियो (एजेन्सी)– एडिन्सन काभानीसँग पेनाल्टी प्रहार गर्ने विषयमा विवाद भएको ५ महिना पछि ब्राजिलियन स्टार नेयमारले उनी समस्या रहेको स्वीकारेका छन् ।

Paris Saint-Germain's Uruguayan forward

नेयमारले पेनाल्टी प्रहार गर्न चाहेपनि काभानीले उनलाई नदिएपछि उनीहरुबीच विवाद सिर्जना भएको थियो । लियोनसँगको खेलमा बाप्पेलाई विपक्षी रक्षकले लडाउँदा पिएसजीले दोस्र्रो हाफमा पेनाल्टी पाएको थियो । नेयमारले सो पेनाल्टी प्रहार गर्न खोजे पनि काभानी मानेका थिएनन् । काभानीको त्यो पेनाल्टी गोलरक्षकले बचाएका थिए ।

ब्राजिलियन टेलिभिजन ‘टिभी ग्लोभो’ सँग कुरा गर्दै नेयमारले उनीहरुबीच विवाद भएको स्वीकारे, ‘हामीहरुबीच सानो विवाद भएको थियो, तर त्यसलाई ठूलो बनाइयो। त्यो हाम्रो व्यक्तिगत समस्या थियो, त्यसैले हामीले ३ दिन पछि सँगै बसेर त्यसलाई समाधान गरेका थियौं ।’

नेयमार हाल चोटका कारण मैदान बाहिर छन्। दाँया खुट्टामा लागेको चोटबाट नेयमारलाई मैदानमा फर्कन अझ १ महिना लाग्ने जानकारी उनले दिएका छन्। नेयमारको लक्ष्य रुस विश्व कपका लागि पूर्ण रुपमा फिट भएर फर्कनु रहेको छ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.