default_image

8 years ago

April 17, 2018

जर्मन लिगमा अनौठो घटना

91 views

0 Bookmark

मैन्ज (एजेन्सी)– जर्मन बुन्डेसलिगामा गएरातीको खेलमा रेफ्रीले अनौठो निर्णय दिएका छन् । पहिलो हाफको अन्त्य पछि सबै खेलाडी मैदान छाडेर ड्रेसिङ रुम पुगेपछि रेफ्रीले खेलाडीहरुलाई मैदानमा बोलाएर मैन्जलाई पेनाल्टी दिएका थिए।

german league 

मैन्जको घरेलु मैदानमा फ्रेइजबर्गविरुद्धको खेलमा पहिलो हाफ सकिएको थियो। त्यतिकैमा रेफ्री गुइडो विङकमानले भिडियो असिस्टेन्ट रेफ्री (भार) सँग सम्पर्क गरेर पहिलो हाफमा भएको एउटा ह्यान्ड बलका लागि पेनाल्टी दिएका थिए ।

उनले मैदान छाडेर ड्रेसिङ रुम पुगेका खेलाडीलाई फिर्ता बोलाएर मैन्जलाई पेनाल्टी प्रहार गर्ने अवसर दिएका हुन् । घरेलु टोलीका मिडफिल्डर पाब्लो डी ब्लासिसले पेनाल्टीलाई गोलमा परिणत गर्दै खेलमा अग्रता लिएका थिए। मैन्जले खेल दौरान ह्यान्डका लागि रेफ्री समक्ष अपिल गरेपनि रेफ्रीले त्यसलाई पेनाल्टी दिएका थिएनन् ।

मैन्जका फुल ब्याक ड्यानियल ब्रोसिन्कीको क्रस फ्रेइजबर्गका सेन्टर ब्याक मार्क ओलिभर केइम्फको हातमा लागे पनि रेफ्रीले खेल रोकेका थिएनन् । रेफ्रीको उक्त अनौठो निर्णय पछि समर्थकहरुले आक्रोशित हुँदै मैदानमा बोतल फालेपछि दोस्रो हाफ ढिलो गरि सुरु भएको थियो। डी ब्लासिसले दोस्रो हाफको ७८ औं मिनेटमा गोल गर्दै घरेलु टोलीको जित पक्का गरेका थिए ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.