8 years ago
April 17, 2018
रियो डि जेनेरियो (एजेन्सी)– रसिया विश्वकपको उपाधि ब्राजिललाई जिताउन सुपरस्टार नेयमारले नेतृत्व लिनु पर्ने ब्राजिलका महान खेलाडी पेलेले बताएका छन् । घरेलु मैदानमा सन् २०१४ मा भएको विश्व कपमा जर्मनीसँग सेमिफाइनलमा ७–१ को लज्जास्पद हार बेर्होदै ब्राजिल प्रतियोगिताबाट बाहिरिएको थियो ।
तर, चोटका कारण नेयमारले त्यो सेमिफाइनल गुमाएका थिए । त्यति बेला पनि नेयमारबाट ठूलो अपेक्षा गरिएको थियो । नेयमारले फेरि एकपटक ब्राजिललाई विश्वकप जित्ने मौका पाएको पेलेले बताएका छन् ।
‘उनले दोस्रो मौका पाएका छन् । ब्राजिलमा जे भयो त्यो दुर्भाग्यपूर्ण थियो । पछिल्लो विश्व कपमा नेयमार घाइते भए र ब्राजिल पराजित भयो,’ पेलेले अगाडि भने,‘ मलाई लाग्छ त्यसको पिडा बिर्साउन फेरि एकपटक मौका उनीसँग छ । उनी राम्रो खेलाडी भएकोमा दुई मत छ । हेरौ ब्राजिललाई विश्वकप दिलाउन उनको भूमिका कस्तो रहन्छ ।’
ब्राजिलका उत्कृष्ट खेलाडी युरोपमा रहेकाले सामूहिक प्रदर्शनका लागि केहि समय मेहेनत गर्ने पर्ने पेलेको सुझाव छ । ‘ हाम्रो प्रशिक्षक टिटेले टोलीलाई सेटअप गर्न केहि समय लिनुपर्दछ । सेट अपका लागि अझै तीन महिना बाँकी छ,’ पेलेले थपे,‘ टिटे राम्रो प्रशिक्षक हुन् । यद्दपी उनले टोलीसँग लामो समय काम गर्ने अवसर पाएका छैनन् । यो पनि उनका लागि पर्याप्त समय नहुन सक्छ । तर व्यक्तिगत क्षमताका आधारमा हरेक खेलाडीलाई हेर्ने हो भने ब्राजिल विश्वकपको फाइनल पुग्ने क्षमता भएको टोली हो ।
पेले आफ्नो खेल जीवनमा सबैभन्दा बढी तीन पटक विश्व कप जितेका छन् । कतिले उनलाई फुटबल इतिहासबै सबैभन्दा उत्कृष्ट खेलाडी पनि मान्छन् ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]